logo

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि मधेशका खेल संरचना अवलोकन गर्दै खेलकुद मंत्री लिम्बु

 इसीमाना सम्वाददाता     २०८० सावन १३ गते १०: ३४ मा प्रकाशित     761   पटक पढिएको

बीरगंज । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेका छन् ।

 

दशरथ रंगशालापछिको उपत्यका बाहिरकै सबैभन्दा पूरानो रंगशालाको अवस्थाका बारेमा मन्त्री लिम्बुले स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।

 

मन्त्री लिम्बुले आगामी २०८३ सालमा हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता मधेश प्रदेशमा गर्ने तयारीका लागि यहाँका खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका लागि आएको बताए । उनकाअनुसार मधेश प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ ।

रंगशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले राजनीतिक अस्थितरताका कारण मर्मत सम्भारमा ध्यान नपुगेको बताए । उनले देशमा राजनीतिक स्थिरता कायम भए मात्र अर्थतन्त्रमा सुधार आई रंगशालाको मर्मत सम्भार हुने बिचार ब्यक्त गरे ।


मन्त्री लिम्बुले स्थानीय समुदाय, जनप्रतिनिधि र स्थानीय सरकारलाई रगंशालाको बढोत्तरी र सुधारका लागी सबैले मिलेर हातेमालो गर्न आग्रह गरेका छन ।


अनुगमनको क्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष गजेन्द्र प्रसाद पटेल, भलिबल संघका केन्द्रीय सचिव फिरोज अली, लगायतको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.