logo

सितोरियो कराँते सङ्घ चितवनमा विष्टको नेतृत्व

 इसीमाना सम्वाददाता     २०८० भदौ १४ गते ०६: ३२ मा प्रकाशित     779   पटक पढिएको

चितवन । नेपाल सितोरियो कराँते सङ्घ चितवनको अध्यक्षमा मोहनबहादुर विष्ट चयन भएका छन । चितवनका ६ पालिकाका अध्यक्ष र ४२ प्रतिनिधि तथा सितोरियो कराँतेका सिनियर गुरु तथा खेलाडी सहभागी भएको अधिवेशनले विष्टलाई अध्यक्षमा चयन गरेको हो ।

 


बिहिवार बिहान भरतपुरमा भएको सङ्घको प्रथम अधिवेशनले उपाध्यक्षमा रुद्रबहादुर गुरुङ, सचिवमा सुदन दराई, कोषाध्यक्षमा दीपा थापा मगरलाई निर्वाचित गरेको छ ।

 

त्यस्तै, सदस्यहरुमा बुद्घिमान सेन्चुरी, राम विक्रम चौधरी, अनिल उपरकोटी, धनबहादुर गुरुङ, लक्ष्मण विक्रम चौधरी, अजय महतो, फुरबहादुर तामाङ, डिलाराम कँडेल, दीपेन्द्र श्रेष्ठ, सुरज सुनार र सुस्मिता मोक्तान निर्वाचित भएका छन ।

 


नेपाल सितोरियो कराँते सङ्घका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरूङ, कार्यालय प्रमुख रामजी ढकाल, भरतपुर महानगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठ, चितवन सितोरियो कराँतेका संस्थापक गुरूहरू सुधीर श्रेष्ठ, अमर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का कराँते प्रशिक्षक टार्जन श्रेष्ठले नव निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा कर्यकाल सफलताको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष विष्टले जिल्लामा सितेरियो कराँतेको श्रीवृद्धि र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.