logo

प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता,७–१ गोलको फराकिलो अन्तरले पुलिस क्लब बिजयी

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २० गते ०६: ३७ मा प्रकाशित     932   पटक पढिएको

वीरगञ्ज । प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो दिनको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । यो बिजय सगै नेपाल पुलीस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा भारत कलकत्ताको क्लाइभ हाउस डमडम फुटबल क्लबलाई ७–१ गोलको फराकिलो अन्तरले पुलिस क्लब बिजय हासिल गरेको हो ।

खेलका क्रममा पुलिसका लागि प्रताप गुरुङले ह्याट्रिकसहित एक्लैले पाँच गोल गरे । त्यस्तै विवेक सन्तोषी र प्रवीण थापाले एक एक गोल गरे । कलकत्ताका लागि एक मात्र सान्त्वना गोल अरमान मुन्सीले गरे ।

ह्याट्रिकसहित एक्लैले पाँच गोल गोल गर्न सफल पुलिसका प्रताप म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पनि हात पारे ।

अब फाइनल प्रवेशका लागि पुलिसले बुधवार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शनिवार भएको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफसीलाई टाइबेकरमा ३–१ ले हराउँदै आयोजक वीरगञ्ज सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगितामा मङ्गलवारको खेल त्रिभुवन आर्मी क्लब र झापा एफसीबिच हुने आयोजक क्लबका महासचिव पङ्कज श्रेष्ठले जानकारी दिए ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने संचारकर्मी अर्जुन महतोले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.