बिष्णु पटेल
अस्पतालको प्रशासनीक काम । कहिले काँहा कहिले कता । अस्पताल भित्रै पनि धेरै कुराको चँजो पाँचो मिलाउन पर्दा कति कुराको ख्याल राख्ने कति कुरा यत्तिकै भइजाने यस्तै ।
तथापी कोरोना संक्रमणको जोखिममै थियो मैले काम गर्ने नारायणी बयोधा अस्पताल । सचेतता अप्नाउने कुरामा कतिपय अवस्थामा अलिक गम्भिर नै भइन्थयो कहिले काही कामको धुनमा मास्क लगाउने, भौतीक दुरी कायम राख्ने जस्ता कुरा बिर्सिने पनि गरिन्थ्यो ।
कोरोना भाइरसको संक्रमणको बिषयमा जे जति समाचार र बिचार पढ्ने काम भएको थियो । चिकित्सकहरुले भनेका बिभिन्न अन्र्तर्वाता हेर्दा पनि मलाई अहलक गज्बै लाग्थ्यो । म जस्तो हट्टा कट्टा बलियो बांङ्गोलाई कोरोनाले के छोला र भन्ने पनि लाग्थ्यो ।
तर भित्र भित्रै त्यसको भय पनि थियो । यस्तै माथापच्ची चल्दै गर्दा कन्टयाक्ट ट्रेसिङमा परेपछि थ्रोट स्वाब परिक्षण गराउनु पर्ने भयो । अस्पतालका चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि म सहित केही साथीहरु बिजयज्योती होटेलमा क्वारेन्टिन भयौ ।
क्वारेन्टिनमा बसेको १२ औ दिनको दिनमा परिक्षणको रिजल्ट आयो ।रिपोटनै आउन त १२ दिन लागेको होइन । म मा कोरोनाको संक्रमण देखियो । म मा रुघा खोकी, ज्वरो ,छाती दुख्ने श्वास प्रश्वासमा समस्या हुने झाडा वान्ता लाग्ने त्यस्तो कुनै पनि लक्षण देखिएको थिएन ।
तै पनि कोरोनाको संक्रमण पुष्टि भएपछि म छांगाबाट खसे । मेरो शरीर थरर काम्यो । ज्यान त लल्याक लुलुक भयो । म जस्तो बलिष्ठ मान्छेको शरिर त्यसरी खुत्रुक्कै गल्छ जस्तो मलाई नै लागेको थिएन । मेरो शरिरको यो खाले प्रतिक्रियाले मेरो मनमा म अव बाच्दिन कि भन्ने सम्मको बिचार आयो ।
निकै डर लाग्यो । एक क्षणमा घर परिवार नाता गोता आफन्त इष्टमित्र सम्झिन थाले । फल्यासब्याक सिनेमाको रिल घुमे झै घुम्न लाग्यो । अहिले सम्म भोगेका बुझेका सबै अतित दृश्य बनेर मासपटलमा नाच्न थाल्यो । अब जीन्दीगको लिला यही सम्म लेखेको रहेछ भन्नेमा मन पुग्यो ।
म संक्रमीत भएको घर परिवारका मान्छेले पनि थाहा पाउनु भयो क्यारे । मलाई फोन गर्नु भयो । परिवारका सदस्यहरुको फोन आएपछि मलाई डाको छोडेर रुन मन लाग्थ्यो । अभिभावकको अंगालमो बेरिएर रुन पाएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । कोरोनाको संक्रमणमा परेपछि न देख भेट न अन्य केही झन मनै कमजोर भएर आउथ्यो ।
संक्रमीत भइसके पछि म संग अन्य बिकल्पहरु केही थिएनन । जसरी निर्देशन आउथ्यो त्यसको पालनाको मानसिक तयारीमा रहे । अव नहुनु कोरोना संक्रमण भइसकेको छ । हरेस खान हुदैन भन्ने पनि लाग्यो । त्यतीबेलै सामाजिक संजाल हेर्न थालेको थिए ।
साथीहरुको, अग्रज र मलाई माया गर्नुहुने महानुभावहरुको सामाजिक संजालमा मलाई हौसाला बुलन्द राख्न आग्रह गर्दै सन्देशहरु प्रवाह गसिक्नु भएको थियो । म त्यही होटेलमा आइसोलेट भए । वतावरणले मलाई थोरै हिम्मतीलो बनाउदै लगेको थियो । निकै सोचमग्न हुन थाले म एक्लै मात्र त होइन, म जस्ता थुप्रै संक्रमीतहरु छन । धेरै जसो निको पनि भएका छन ।
यस्तै कुरा मनमा आउन थाले साथीहरुको सन्देश निरन्तर आइरह्यो । आफन्तजन, अग्रजहरुबाट समाजिक संजालमा म प्रति देखाइएको माया भाव र स्नेहले मलाई कोराना परास्त गर्न सक्छु भन्ने आत्मबल ह्वात्तै बढाइदियो । साथीहरुले खाने कुराहरु होटेल सम्मै पठाइदिए । पहिलो दिन निकै अप्ठयारोमा परेको म त्यसपछि म माथी कोरोना होइन म कोरोना माथि हावी हुन थाले ।
औषधीहरु थियो नै । १४ दिनको आइसोलेशन बसाई पछि म घर फर्किएको छु । केही दिन घरमै म क्वारेन्टिनमा बस्नु पर्ने छ । बितेको २६ दिन मैले जसरी ब्यतित गरे मलाई लाग्छ त्यो नै एउटा जीवन हो । जति भोगे त्यती राम्रोसं अभिब्यक्त गर्न पनि आउदैन ।
यो बेला कतिपय आफन्तजन र साथीभाईलाई निकै मिस गरे । कतिपयले मलाई मेरो परिवारलाई अलिक नराम्रो पनि ठान्नु भएको महशुस भयो । समाजमा जे भएपनि त्यसलाई मैले सामना गर्नु पर्ने थियो ।
म त्यसकोलागि तयार हुदै गए । साथीहरुको परिवार र आफन्तजनले ममा जुन उर्जाको संचार गराईदिनु भयो । जुन माया र स्नेह दिनु भयो । मलाई लाग्यो उहाँहरुको जीवनमा मेरो उपस्थिति महत्वपूर्ण छ । अनी मैले पनि कोरोना जित्ने प्रण गरे । जीवनशैलीलाई त्यसै गरि ढाले ।
चिकित्सकहरुको सल्लाह उहाँहरुको सुझावलाई जीवन पद्धती बनाए । कोरोना संक्रमण पछिको १४ दिनको जीवनशैली निकै ब्यवस्थित बनाए जस्तो आफूलाई पनि लाग्छ ।
बिहान उठयो नित्य कर्म सकेपछि केरा, तातोपानी दुध बेसार पिउने गर्थे । खानामा प्राय मासु भइनै रहन्थ्यो । दाल भात तरकारी यही सामान्य घर भान्छाकै कुरा खाइयो ।
१४ दिनको लामो द्विपक्षीय युद्धमा कोरोनाले युद्ध बिराम गरेको छ । उसले लड्ने ताकत सकिएकोले मेरो शरिरबाट निस्कने निर्णय गरेर हिडेको छ । म अव यसलाई फेरि पनि र्फिकन नपाउने गरि यो युद्ध बिरामलाई दीर्घकालिन युद्ध बिराममा रुपान्तरण गने प्रतिवद्धता सहित घर फर्किएको छु ।
मलाई कोरोनालाई जित्नकालागि जुन उत्साह आँट र भरोसा संकटको बेलामा परिवार आफन्तजन चिकित्सक स्वस्थ्यकर्मी, सफाइकर्मी संचारकर्मी र मेरा आत्मिय मित्रहरुले प्रदान गर्नु भयो ।
मलाई लाग्छ याहाहरुको यही उत्साह आँट र मनोवल बढाउनकालागि गर्नु भएको पहलकदमी मेरोलाई कोरोना बिरुद्धको भ्याक्सिन बन्यो । संकटको यो घडीमा मलाई माया गरेर जीवन जीउन अभिप्रेरीत गर्ने सबैलाई मनैदेखि आभार तथा कृतज्ञता ज्ञापन गर्दछु ।
तपाईको प्रतिक्रिया