logo

सिमरा घटना स्वत्रन्तालाई निषेध गर्ने रिहर्सल , सुरक्षा र कार्यक्रम आयोजना नभए चुनाव कसरी हुन्छ ? सरकार समक्ष देखा पर्यो यक्ष प्रश्न

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ३ गते ०७: ११ मा प्रकाशित     119   पटक पढिएको

वीरगंज । बाराको सिमरा विमानस्थलमा बुधबार उत्पन्न घटनाप्रति विभिन्न राजनीतिक दलले प्रतिक्रिया जनाएका  छन।

 

 विमानस्थलमा एमाले नेताहरूको आगमन कार्यक्रम अघि केही युवाहरूले अवरोध गरेपछि परिस्थिति तनावपूर्ण बनेको थियो। तनावपूर्ण स्थितिलाई नियन्त्रणमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनालाई संवेदनशील बताउँदै सरकारलाई राजनीतिक दलहरूको कार्यक्रम आयोजना गर्ने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

 

पार्टी प्रवक्ता मनिष झाकाअनुसार चुनावी वातावरण बनाउन दलहरूले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने र सरकारले पर्याप्त सुरक्षा दिनुपर्ने पार्टीको निष्कर्ष निकालेको जनाएको छ।

 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सिमरा घट्नालाई आगामी राजनीतिक जटिलताको संकेतको रूपमा वर्णन गरेका छन्। उनले चुनाव भएपछि सहज सत्ता हस्तान्तरण हुने वातावरण नदेखिएको टिप्पणी गरेका छन्।

 

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै सिमरा घटनालाई सामान्य अवरोधका रूपमा व्याख्या गरेका छन्।

 

 उनले सानो संख्यामा प्रदर्शनकारी भएका घटनामा पनि कर्फ्यू लगाउनु उचित नभएको बताएका छन्। बस्नेतका अनुसार सभा–सम्मेलन गर्ने दलहरूको संवैधानिक अधिकार रोक्नु सरकारको त्रुटि हो।

 

यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरामा उत्पन्न भएको परिस्थितिलाई ‘दुःखद भन्दै सरकारले राजनीतिक दलहरूको स्वतन्त्र गतिविधिमा अवरोध हुने वातावरण नबनाउन आग्रह गरेका छन्।

 

शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्  ‘यो समय द्वन्द्व बढाउने होइन, संयम र एकता राखेर जाने समय हो। त्यसैले सिमरा घटना दुःखद छ। प्रधानमन्त्रीज्यू, एक फेरा भ्रमण गर्ने वातावरण नै नबनाए, चुनाव कसरी हुन्छ ? भनेर प्रतिप्रश्न गरेका छन । 

 

शर्माले सामाजिक सञ्जाल निषेधका विरुद्ध उभिने जेनजेड कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने भन्दै सिमरा घटनामा युवाहरूको भावना होइन, त्यसको दुरुपयोग देखिएको टिप्पणी गरे।

 

घटना सम्बन्धी दलहरूको फरक–फरक अभिव्यक्तिसँगै चुनावी माहोल, सुरक्षा व्यवस्थापन र राजनीतिक गतिविधिमा सरकारी तयारीबारे बहस बढेको छ।

 

सामाजिक संजाललाई नेपालीमा दर्ता गर्ने प्रयोजनकालागि संचालनमा रोक लगाउदा आन्दोलनमा उत्रिएको जेनजी पुस्ता आफै अरुको स्वतन्त्रताका बिरुद्ध सडकमा उत्रिनुलाई भने अराजकतापूर्ण तथा अतिवादी कदमका रुपमा हेरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.