logo

देश ध्वस्त बनाइयो हामीले बुझ्यौ तर सचेत भएका छैनौ,यसरी परिर्वतन संस्थागत हुदैन

      २०८२ मंसिर ४ गते ०१: ३८ मा प्रकाशित     1089   पटक पढिएको

बाराको सिमरामा बुधबार जेनजी युवा र नेकपा एमालेका कार्यकर्ता वीच भएको झडप प्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटना ठिक होइन र यो गलत भएको छ र यसको घोर भर्त्सना गर्नुपर्ने आवश्यकता छ।

 देशको जुनसुकै ठाउँमा जुनसुकै बेला कसैले पनि यस्ता अराजक गतिविधि सृजना गरिरहेको छ, भने देशको अमनचयन र शान्ति ब्यवस्थालाई खलल पुर्याउने यस्ता अराजक ब्यक्ति, समुह र राजनीतिक दलका प्रतिनिधिलाई कारवाहीको दायरामा ल्याउनु पर्छ। सिमरामा उत्पन्न भएको घटनामा संलग्न रहेका ब्यक्ति, समुह र दलका प्रतिनिधिको पहिचान गरी यथाशिघ्र नियन्त्रणमा लिएर कारवाही गर्नु जायज हो र जोरदार मांग समेत गर्दछु ।


हेक्का रहोस, कसैको बाउको विर्ता होइन यो देश। लोकतन्त्र र दलिय व्यवस्थामा शान्तिपूर्ण कार्यक्रम गर्ने र देशव्यापी विचार राख्ने सम्पूर्ण नेपालीको मौलिक अधिकार हो। चाहे त्यो कुनै दलका प्रतिनिधि होस, जेनजी युवा समुह होस वा आम जनता सबैलाई आफ्नो धारणा राख्ने समान अधिकार छ।

 

लोकतान्त्रिक पद्धति  स्थापित रहेको यो हाम्रो देश नेपाललाई परिवर्तनको नाममा खाडी बनाउने काम बन्द गरौं।कसैलाई कुनै दल, समुह र संस्थाको झोले भन्न पाइदैन। कुनै दलले गलत गरेको छैन केही कथित ब्यक्तिहरू गलत छन त्यस्ताहरूको पहिचान गररे बहिष्कार गर्नु आवश्यक छ। गाली दिएर केही फाइदा हुने वाला छैन याद राख्नु।

 

देशमा शान्ति सुशासन कायम गरेर परिवर्तन गर्नु छ, भने एउटा अभियान सञ्चालन गरौं देशै भरीका आम नागरिकलाई भ्रष्ट दल, समुह र संस्थाका कथित ब्यक्तिहरू र प्रतिनिधि प्रति सचेत गराऔं। 


हामी, जेनजी एउटा पुस्ता हौँ, परिवर्तनको संवाहक हौँ हामी राजनीति विरोधी होइनौं, तर गलत अभ्यासको विरोधी हौं। हामीलाई राजनीतिक दलहरूको भूमिकामा जवाफदेहीता, पारदर्शिता र इमानदारीता चाहिएको छ  ।

ना की देशमा अराजक गतिविधि गरिरहेकालाई साथ समर्थन दिएर बिदेशीसंग सम्झौता गरौं र बिदेशी शक्तिको इसारामा आफ्नै राष्ट्रलाई खाडी बनाउने काम गरौं।

 

साच्चिकै देशमा परिवर्तन चाहन्छौं भने पहिला हाम्रो देश भित्र अड्डा जमाएर बसिरहेका बिदेशी शक्तिको प्रतिकार गरेर मुक्त बनाउनु पर्छ। साच्चिकै जेनजी युवा समूह परिवर्तन चाहिरहेछ भने एक जुटभएर देश भित्र खेल गरिरहेका गेम चेन्जरकोको रूपमा आफुलाई स्थापित राखेका आइएनजिओको बहिष्कार गर्नुपर्ने आवश्यकता छ।


स्मरण रहोस २३ र २४ गतेको बिधवंस जेनजीले चाहेको थियो र  ? सार्वभौमसत्ता, न्यायपालिका, कार्यपालिका, ब्यवस्थापिका नष्ट गर्न र जलाउन जेनजीको आन्दोलन थियो र ?  थिएन र होइन पनि ।

 

देश भित्र रहेका बहुरूपीया, बिदेशी दलाल र घुसपैठीयाहरूले जेनजीको आन्दोलनलाई माध्यम बनाएर राष्ट्रको महत्वपूर्ण संरचना ध्वस्त पारेर देशमा बिधवंस मच्चाएको सत्य त हामीले बुझीसकेका छौ नी  ।तै पनि हामी सचेत हुन सकेका छैनौ । यसरी देशमा परिवर्तन कदापि हुँदैन।


यो सच्चाई हो की अहिले स्थानीय स्तर देखि देशैभरी राजनीतिक दलहरू प्रति जनताको विश्वास गुम्दै गरेको अवस्था छ। जनताको हितकालागि नभई, स्वार्थ र सत्ताको खेलमा रमाइरहेको यथार्थलाई लुकाउन सकिँदैन।

 

राजनीति  जनताको जीवन सुधार्ने माध्यम हुनुपर्ने हो, तर अहिले राजनीतिको अर्थ धेरै ठाउँमा कसरी पद पाउने र कसरी लाभ लिने भन्नेमा सीमित देखिन्छ। तर यसको अर्थ यो होइन कि कुनै संस्था खराब छ, कुनै दल खराब छ।

 

खराब छ भने गलत सोच र स्वार्थकालागि काम गरिरहेका केही प्रतिनिधि हुन त कुनै ब्यक्ति हुन ,र यसको प्रतिफल यो होइन कि राष्ट्रको संरचना ध्वस्त पारेर सार्वभौमसत्तालाई नष्ट गरेर परिवर्तन हुन्छ। देश बनाउनु छ, भने पहिला आफ्नो घर बनाऔं र घर बनाउन पहिला आफु स्वच्छ र सहि दिशामा लाग्नुपर्छ।

 

अरूलाई गलत भन्नु भन्दा पहिला आफैले आफूमा पनि नियाल्न आवश्यक छ। नेताहरुलाई भ्रष्टाचार गर्न र स्वार्थ पुर्तिमा लाग्न के ले प्रेरीत गरेको हो ?, किन देशको अर्थतन्त्र धरासाही हुदै गयो पहिला यो बुझ्न आवश्यक छ। 


निर्वाचनको बेला हामी किन मासु भात र पेट्रोलको पछाडि लाग्ने गर्छौ। स्थानीय स्तर देखि देशको बिकासलाई ध्यानमा राखेर हामि किन आफ्ना अमुल्य मत दिदैनौ यस बिषयमा हामी आफैले सिहवालकोन गर्न आवश्यक छ ।

 

निकै मंहगो चुनाव बनाउने काममा हाम्रो भूमिका कति छ श्र त्यसको लेखाजोखा गरेर अव पैसा मासु रक्सी बिहिन चुनावको पक्षमा हामी उभिन आवश्यक छ । कम खर्चको निर्वाचनलाई करोडौँ लाग्ने  बनाईदिएपछि  कसरी देशको बिकास हुन्छ, कसरी राष्ट्र अगाडि बढ्न सक्छ। याद राख्नु जले एक पैसा खर्च गर्छ उसले एक रूपैयाँ निकाल्ने सोच राख्छ भने करोडौं खर्च गरेर निर्वाचित भएकाले के गर्छ सर्वविदितै छ।

 

पहिला आफ्ना सोच बदलौ निर्वाचन प्रणालीलाई व्यवस्थित, मर्यादित र स्वच्छ बनाऔं। ईमान्दार र जनताको सहि प्रतिनिधित्व गर्नेलाई मत दिएर अगाडि  बढाऔं र भ्रष्टलाई बहिष्कार गरौ अनि परिवर्तन हुन्छ र देश बन्छ । 


अहिले हाम्रो देश संकटको घडीमा छ यस्तो बिषम  परिस्थितिमा आफै लडेर हैन्न मिलेर लडन आवश्यक छ। जेनजी युवा समूहको मांग जायज हो पुरा गर्नु पर्छ तर फुटेर हैन जुटेर जानुपर्छ ।

 

जेनजी आन्दोलनमा मेरो पुर्ण समर्थन पहिला पनि थियो अहिले पनि छ र सधैं रहनेछ तर सहि दिसा हुनुपर्छ। जेनजी आन्दोलनाको नाममा लुटपात, चोरी पैठारी लजास्पद थियो र यो गलत हो। जेनजीको नाममा देशव्यापी रूपमा घटित भएका विध्वंसात्मक घटनामा संलग्न रहेका जोकोही भएपनि कारवाहीको दायरामा ल्याउनु पर्छ। 


जेनजी आन्दोलनपछि अन्तरिम सरकार देशमा ल्याइयो तर यो सरकारको काम र नियत कुनै सराहनीय छैन। अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको पनि इतिहास जानौ र उहाँ पनि संवैधानिक तरिकाले देशको मुख्य जिम्मेवारी पाउनु भएको छैन र यो गलत पनि हो। 
जेनजीको नाममा कहीँ ४० बर्ष भित्रकाले आफुलाई जेनजी युवा भन्दै छन, भने कहीँ ४० देखि ५० सम्मकाले आफुलाई मिडियामा आउनलागी जहाँ तहि जो सुकैले भाषणबाजि गरिरहेका छन । यो पनि एउटा ब्यक्तिगत स्वार्थ हो बुझ्नु पर्छ।प्रचारकालागि जेनजी पुस्तालाई भजाउने काम बन्द गरौं र यस्ता ब्यक्तिले नै देशमा बेथिति उत्पन्न गरिरहेका छन, भन्ने बुझ्न आवश्यक छ।

 

 यस्ता घटनाले जेनजी आन्दोलन र जेनजी युवा परिवर्तनका संवाहकहरू दलदलमा फसिसकेको अवस्था छ । यो अवस्था यतिकै सृजना पनि भएको छैन यसमा कहि ना कहि कुनै ना कुनै बिदेशी र ठुला शक्तिको षडयन्त्र भएको छ यो पनि बुझ्न आवश्यक छ। 
                 भगवान कुर्मी 

                 अध्यक्ष

    जन्ममिति २०५९/०५/३०
जेनजी युवा समूह पकहॉंमैनपुर गाउँपालिका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.