logo

मधेश प्रदेशका तत्कालीन सचिव श्रेष्ठसहित १४ बिरुद्ध बिशेष अदालतमा  मुदा दायर,१९ करोड ४६ लाख १३ हजार बिगो दावी

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १४ गते १०: ५१ मा प्रकाशित     730   पटक पढिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


आयोगले अख्तियारको दुरुपयोग गरि भ्रष्टाचार गरेको हो आरोपमा उनीहरु बिरुद्ध आइतवार मुद्धा दायर गरेको हो । 


 आर्थिक वर्ष २०७८र०७९ मा जनस्वास्थय प्रयोगशालाको  स्थापनामा ठेकेदार कम्पनी हस्पिटेक इन्टरप्राइजेज प्रालिका संचालक विशाल पण्डितसँगको सेटिङ देखिएको आयोगले ठहर गरेको छ ।

 

 २५ करोड ३८ लाख ५३ हजार १ सय २० रूपैयाँ बजेटको सार्वजनिक खरिद नियमावली, ऐन र आर्थिक कार्यविधिविपरीत खरिद कार्य गर्नु पूर्वतयारीको कार्य नगराई विश्लेषणसमेत नगरी ठेक्का आव्हान गरिएको अख्तियारले जनाएको छ ।

 

अख्तियारले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालि तीनकुने काठमाडौं र कम्पनी सञ्चालक विशाल पण्डितसहित लेखा अधिकृत नविन दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, प्रदेश प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै अन्य प्रतिवादीमा मेडिकल ल्याव टेक्नोलोजिष्ट मनमोहन मिश्र, ल्याव टेक्निसियन निरीक्षक रामउदगार यादव, अधिकृत नवौ तहका माइक्रो बायोलोजिष्टहरू जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, ल्याव असिष्टेन्ट रमेश कुमार मण्डल, लेख अधिकृत अमरदीप महतो, कर्मशील प्रशाद गोप, वरिष्ठ ल्याव अधिकृत उमेश चौधरी छन् ।

उनीहरूलाई जनही १९ करोड ४६ लाख १३ हजार १२० रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.