logo

सशस्त्र प्रहरीद्वारा बरामद कुखुराका चल्ला नष्ट

 इसीमाना सम्वाददाता     २०८२ जेठ २४ गते ०८: ४७ मा प्रकाशित     379   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भारतबाट  तस्करी गरेर भित्र्याएको प्रतिबन्धित ७ हजार ५ सय  वटा  कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ। 

 

सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले शनिवार बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट तस्करी  गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु  प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको हो  ।

 

 बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए  ।

 

सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई  आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

कार्य सम्पादन मूल्याकंनमा मधेश भरिमा गौतम मिश्र नेतृत्वको पर्सा प्रहरी सर्वोत्कृष्ट

जनकपुरधाम । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र मधेश प्रदेशमै कार्य सम्पाद मूल्याकंनमा सर्वोत्कृष्ट हुन सफल भएका छन ।

मोरङ सुन्दर हरैचाका बृद्ध सर्लाहीको रानीगन्ज चौतारामा मृत फेला

सर्लाही ।  मोरङको सुन्दरहरैचा नगरपालिका–७, गच्छिया टोलका धनबहादुर कार्की सर्लाहीको लालबन्दीमा मृत अवस्थामा फेला परेका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.