वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका १ का ३३ वर्षिय जितेन्द्र साह तुराह स्रोत नखुलेको ८१ लाख रुपैया सहित पक्राउ परेका छन ।
काठमाडौंको कुलेश्वरस्थित एक फलफूल पसल र डेराबाट ८१ लाख १४ हजार १८० रुपैयाँ सहित उनलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वर फलफूल मण्डीस्थित आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको रकमको हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा मंगलबार प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पसलमा छापा मारेको थियो ।
खानतलासीका क्रममा तुराहा सञ्चालक रहेको फलफूल पसल तथा उनको डेरा कोठाबाट स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३०० बरामद भएको प्रहरीले जनाएको छ ।
भारतीय रुपैयाँलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा ४ लाख ८६ हजार ८८० रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कालीमाटीका अनुसार तुराहाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया