पोखरा । ११ हजार ७६८ ट्रामाडोलसहित पोखराबाट धादीङ्ग स्थायी घर भएका अनुप छत्कुली पक्राउ परेका छन ।
पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट लागूऔषधसहित ४१ वर्षीय अनुप छत्कुलीलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध मुद्दामा फरार समेत रहेका छत्कुलीलाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जाएको छ ।
ज्वालामुखी गाउँपालिका–६ स्थायी वतन भएका छत्कुली हाल पोखरा महानगरपालिका–६ क्षेत्रमा डेरा गरी बस्दै आएका थिए।
प्रहरीले उनको साथबाट लागूऔषध ट्रामाडोलका ११ हजार ७६८ ट्याब्लेट र एउटा मोबाइल बरामद गरेको जनाएको छ।
प्रेस विज्ञप्तिअनुसार छत्कुली विरुद्ध यसअघि नै वडा प्रहरी कार्यालय बैदाममा दर्ता भएका दुईवटा लागूऔषध मुद्दामा फरार रहेको खुलेको थियो। फरार रहेका उनलाई पुनः लागूऔषधसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका छत्कुलीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा बुझाइएको छ।
तपाईको प्रतिक्रिया