logo

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ,१५ वर्षिया नावालिका बलात्कारका आरोपी भट्ट फरार

 इसीमाना सम्वाददाता     २०८३ भदौ ७ गते ०५: ३९ मा प्रकाशित     254   पटक पढिएको

भारतपुर । चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक रिसोर्टमा बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।


प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका २८ वर्षीय सन्देश भट्ट घटना पछि फरार छन्। उनको खोजीका लागि प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउनुका साथै सम्भावित स्थानमा खोजतलास गरिरहेको जनाएको छ।

 

प्रारम्भिक विवरणअनुसार बालिकालाई रिसोर्टमा लगेर जबरजस्ती करणी गरिएको आरोप छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले पीडित बालिकाको बयान तथा अन्य प्रमाण संकलन गर्ने प्रक्रिया अघि बढाएको छ।

 

घटनाको वास्तविक अवस्था पत्ता लगाउन प्रहरीले घटनास्थलको निरीक्षण, सम्बन्धित व्यक्तिसँग सोधपुछ तथा उपलब्ध प्रमाणहरूको परीक्षण गरिरहेको जनाएको छ। आरोपी फरार रहेकाले उनको खोजीलाई प्रहरीले प्राथमिकतामा राखेको छ।

 

फरार आरोपी पक्राउ परेपछि घटनाको थप विवरण खुल्ने अपेक्षा गरिएको छ। प्रहरीले आरोपीको खोजी जारी राखेको छ भने घटनाको अनुसन्धानसमेत भइरहेको छ।

 

हर्कोतर्फ  आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।  ४५ वर्षका ती पुरुषले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको  प्रहरी सामु स्वीकार गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् ।

 

जापान बस्दै आएका ति पुरुष  नेपालमा रहेकी छोरी बिरामी भएपछि उपचार गराउन ८ महिना अघि नेपाल आएका थिए ।  उनी केही समयमा जापान फर्किने तयारीमा रहेको बयानमा उल्लेख गरेका छन ।

 

प्रहरीका अनुसार बाबू छोरी मात्रै घरमा बस्थे । गत साउन २८ गते रक्सी सेवन गरेका उनले धम्की दिएर छोरीमाथि जबरजस्ती करणी गरेको किशोरीले निवेदनमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

 

भदौ ४ गते प्रहरीले ती पुरुषलाई पक्राउ गरको हो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.