logo

भ्रष्टाचारको आरोपमा निलम्वित मेयरका सर्मथकबाट राजबिराज नगरपालिकामा तोडफोड

 इसीमाना सम्वाददाता     २०८२ जेठ २७ गते ०५: ३० मा प्रकाशित     761   पटक पढिएको

राजविराज । सप्तरीको राजविराज नगरपालिकाका  निलम्बित मेयर भीमराज यादवका सर्मथकले कार्यालयमा तोडफोड गरेका छन ।  शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुखको पदभार ग्रहण गराउन खोज्दा यादव सर्मथकले तोडफोड गरेका हुन । 

कार्यवाहक उपमेयर परविनले ताला फोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा निलम्बित मेयरका समर्थकहरूले तोडफोड गरेका थ्एि। उनीहरूले प्रहरीको बाक्लो उपस्थिति र प्रहरीकै अगाडि नगरपालिका कार्यालयका झ्याल, ढोकालगायतका संरचनाहरू तोडफोड गरे।


भ्रष्टाचार मुद्दामा आफै निलम्बित रहेका मेयर भीमराज यादवले नगरपालिकामा भ्रष्टाचारको आरोप लगाउदै आएका थिए । 


यादव सर्मथकले  नगरपालिकाका लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट समेत गरेको बताइएको छ। कुटपिटबाट घाइते भएका लेखापाल दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ। तोडफोड र झडपका क्रममा निलम्बित मेयरका समर्थकले कार्यवाहक मेयर इसरत परविनलाई समेत उनको कार्यकक्षमै थुनिदिएका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

परवानिपुर सबस्टेशनमा सर्टसर्किट, १४ फिडर ध्वस्त, तीन जना घाइते

परवानिपुर। बुधबार साँझ परवानिपुरस्थित सबस्टेशनमा अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन।

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.