logo

त्रिभुवन विमानस्थल भन्सारका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 इसीमाना सम्वाददाता     २०८३ मंसिर ७ गते ०८: ०६ मा प्रकाशित     38   पटक पढिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगले भन्सार कार्यालयको वैदेशिक हुलाक शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध घुस (रिसवत)लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

 

आयोगका अनुसार दुवै कर्मचारीले कूरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा आयोगको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

 

अनुसन्धानबाट न्यौपाने र पुडासैनीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी आपसी मिलेमतोमा सेवाग्राहीको सामान विदेश पठाइदिने बहानामा घुस मागेको र लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार दुवै कर्मचारीले आपसी मिलेमतोमा सेवाग्राहीको सामान विदेश पठाउन विभिन्न बहाना बनाउँदै घुस मागेका थिए । अनुसन्धानका क्रममा उनीहरूले पूर्वयोजना र सहमतिअनुसार कुल ९ हजार ५०० रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

 

घुस रकम लिएको पुष्टि भएपछि दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ९ हजार ५०० रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.