logo

राजपा संग अनुहार मात्र मिल्छ विचार मिल्दैन-उपेन्द्र यादव

      3/3/2018 गते 00 00 मा प्रकाशित     6173   पटक पढिएको

वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ । गृहकार्य चलिरहेको छ । निष्कर्ष निस्किएको छैन । संविधान संशोधनको मुद्दा र भागबण्डाको विषयमा छलफल भइरहेको बताइएको छ । फोरमले जस्तै संविधान संशोधनको माग पूरा भए आफूहरु पनि सरकारमा सहभागि हुन तयार रहेको राजपाका नेताहरुले बताउँदै आएका छन् । तर फोरम र वाम गठबन्धनले राजपालाई कुनै वास्ता गरेका छैनन् । किन त रु यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय एकता कायम गर्न सक्छ ?
म ज्योतिष त हैन । तर चाह्यो भने सक्छ, चाहेन भने सक्दैन ।

तपाईले के पाउनुभयो रु केपी ओलीमा त्यो इच्छाशक्ति छ ?
उहाँले चाहनुभयो भने सक्नुहुन्छ । चाहना छ कि छैन भन्ने कुरा उहाँले भन्ने कुरा हो ।

संविधान संशोधन गर्न ओली सकारात्मक हुनुभएको हो ?
सकारात्मक भएको संकेत आएको छ । तर कुरा टुङ्गिएको छैन ।

तपाईसँग दुई बुँदे सहमति भइसकेको हो ?
त्यस्तो केही सहमति भएको छैन ।

तपाईको दल सरकारमा जाने अवस्था सृजना त भएको हो नि ?
यो कुराको पनि टुङ्गो लागेको छैन । हामी वार्तामा बस्ने मान्छेलाई नै थाहा छैन । तपाईहरु बाहिर बस्ने मान्छेलाई थाहा हुँदोरहेछ । यो अचम्मको कुरा हो ।

तपाईहरुबिचको बैठकमा भएको कुरा के हो त रु प्रष्ट पार्नुस् न ?
अहिलेसम्म छलफल जारी छ । टुङ्गोमा पुगेको छैन । जबसम्म निष्कर्षमा पुग्न सकिदैन, तबसम्म केही भन्न सकिदैन ।

धेरैपटक वार्ता भइसक्यो । किन निष्कर्षमा पुग्न सक्नुभएन ?
कुराहरु मिठा हुन्छन् । तर परिणाम सार्थक हुनुपर्छ ।

वाम गठबन्धनबाट सार्थक परिणामको अपेक्षा गर्न सक्नुहुन्छ ?
अब हामीले उहाँहरुलाई खोज्दै गएको होइन । उहाँहरुले आमन्त्रण गरेर गएको हो । त्यसैले सार्थक परिणाम दिने दायित्व पनि उहाँहरुकै हो । हामी त हाम्रो मुद्दा सुनुवाई भए मात्रै सरकारमा सहभागि हुने हो । राष्ट्रिय समस्या समाधान हुने हो भने हामी सहमती गछौँ ।

प्रधानमन्त्री ओलीले त दुई तिहाई पुर्याउनका लागि तपाईलाई सम्मानका साथ आग्रह गर्नुभएको छ नि ?
मलाई व्यक्तिगत सम्मानभन्दा पनि मुलुकको समस्या र सम्मान ठूलो छ । समस्या समाधान गरेर अगाडि बढ्न तयार हुनुपर्छ । उहाँहरुले जे प्रयास गर्नुभएको छ, त्यो राम्रो हो । तर परिणाम निस्किएको छैन । हामीले उठाएका सवालहरुको जवाफसहित हामीलाई सरकारमा लैजाने चाहना राख्नुपर्छ ।

तपाईहरुले उठाएको सवाल के हो ?
संविधान संशोधन र राष्ट्रिय मुद्दाहरुको समाधान हो । कुन कुन विषयमा संशोधन गर्ने सूचि हामी दिन्छौँ ।

अहिले राजपा र फोरमबिचको सम्बन्ध चिसिएको हो ?
राजपासँगको हाम्रो सम्बन्ध प्रदेश नम्बर दुईमा सिट तालमेलका लागि मात्रै भएको थियो । अहिले मधेशी मोर्चा पनि छैन, गठबन्धन पनि छैन । त्यसकारण राजपासँगको अरु कुनै सम्बन्ध नै छैन ।

राजपाका नेताहरुले त उपेन्द्र यादवले धोका दिनुभयो भन्न थालेका छन् नि ?
अब कोही बौलाउँछन् भने त्यसको उपचार गर्न म सक्छु र रु मैले राजपासँग कुनै लगनगाँठो बाँधेको छैन । जो सँगै घुमोस्, यसको जरुरी पनि छैन । उहाँहरुको सिद्धान्त मलाई थाहा छैन । हाम्रो सिद्धान्त र पार्टी बेग्लै हो ।

तपाईहरु चुनावमा गठबन्धन त मिलेर गर्नुभएको हो नि ?
अहिले कुनै गठबन्धन छैन । चुनाव सकिएपछि तालमेल पनि सकियो । मधेशी मोर्चालाई राजपाले खाइहाल्यो । अब नयाँ परिस्थितीमा नयाँ ढंगले जानुपर्ने हुन्छ । कुनै बेला आवश्यकता पर्यो भने फेरी तालमेल गरौँला ।

उपेन्द्र यादवले राजपालाई संगै लिएर जानुपर्ने, एक्लै सरकारमा जान लाग्यो भन्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा हामी सरकारमा गएकै छैनौँ । अर्को कुरा गइहाले पनि उहाँहरुलाई लैजानुपर्ने कुनै कारण छैन । प्रदेश नम्बर दुईको चुनावका लागि गरिएको तालमेल सकिइसक्यो ।

संविधान संशोधनको मुद्दा उपेन्द्र यादवको मात्रै होइन, हाम्रो पनि हो भन्ने तर्क राजपाका नेताहरुले गरेका छन् नि ?
आफ्नो मुद्दा र माग सम्बोधनका लागि आफैँ पहल गर्ने हो । हाम्रो मुद्दाका बारेमा हामी छलफलमा छौँ । उहाँहरु को हो र थाहा दिनलाई रु हामी चुनावमा भाग लिदा उहाँहरुले उदण्डता देखाएको होइन । अहिले किन पछिपछि लाग्नुपर्यो रु उदण्डता र उच्छखलता मात्रै राजनीति होइन । उहाँहरुमा अनुसाशन छैन, अराजकता छ । चरम जातिवाद छ । व्यक्तिगत महत्वाकांक्षा बाहेक अरु केही छैन ।

जे भए पनि सरकारमा एकसाथ सहभागि हुँदा भैहाल्थ्यो नि ?
उनीहरु पनि पटकपटक सरकारमा गएको होइन रु माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीहरु पनि त सरकारमा गएका थिए नि । लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवाको सरकारमा पनि गएका थिए । पहिला आफ्नो अनुहार हेर्नुपर्यो नि ।

भनेपछि अब राजपासँगको सम्बधमा दरार आयो हैन ?
त्यस्तो केही होइन । उहाँहरुसँगको सम्बन्ध दुई नम्बर प्रदेशस्तरीय मात्रै थियो । चुनाव सकिएपछि त्यो सम्बन्ध पनि सकियो ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर सरकार बनाउनुभएको छ । सम्बन्ध टुट्यो भने ?
दुई नम्बर प्रदेशमा दुई दलबिचको सरकार छ । त्यो सम्बन्ध हामी तोड्न चाँहदैनौ । उहाँहरुले उदण्डता प्रस्तुत गर्नुभयो भने जे पनि हुन सक्छ । हामी त सरकारलाई निरन्तरता दिन चाहन्छौँ ।

संविधान संशोधनको मुद्दा त दुवै दलको हो नि ?
उहाँहरुको नीति र हाम्रो नीति मिल्दैन । हामी शासकीय स्वरुप परिवर्तन गर्ने पक्षमा छौँ । उहाँहरु हुनुहुन्न । संविधान संशोधनको विषयमा पनि धेरै कुरा मिल्दैन । तर पनि उहाँहरुलाई लिएर जाने कोसिस रहन्छ । लिएर जाउँला नि पछिपछि ।

तपाई प्रत्यक्ष निर्वाचिन राष्ट्रपतिको पक्षमा हो ?
निश्चित रुपमा । म संसदीय व्यवस्थाको पक्षमा होइन ।त्यसैले राजपासँग अनुहार मात्रै मिल्छ, विचार र सिद्धान्त मिल्दैन ।
संभारःहाम्रो इकोनोमी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.