logo

पर्यटकीय गन्तब्यको केन्द्रको रुपमा रहेको ठोरीको माँग सम्बोधन गर्ने प्रदेश गृहमंत्री लेखीको प्रतिवद्धता

      २०८१ भदौ ३ गते ०९: १५ मा प्रकाशित     2273   पटक पढिएको

ठोरी । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पर्यटकीय महत्व बोकेको ठोरी गाउँपालिकाको माँग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन ।

 


चितवनको माडी हुदै सोमवार पर्साको ठोरी आइपुगेका लेखीले ठोरीको बिकासकालागि रकमान्तर गरेर भएपनि काम गर्ने बताएका हुन ।


मंत्री लेखीलाई ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ लगायत ठोरीमा रहेका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए ।


उनले ठोरी गाउँपालिका वडा नम्बर ३ को जीर्ण अवस्थामा रहेको प्रहरी भवनको स्थलगत अवलोकन समेत गरेको वडाध्यक्ष शम्भु खड्काले जानकारी दिए ।


कार्यक्रममा ठोरी भित्र रहेका प्रहरी चौकीहरुको भवन निर्माण, प्रहरी दरबन्दी अनुसार प्रहरी पठाउन, सीमा र मधेस प्रदेश सरकारसंग समन्वय लगायतका विषयहरुमा मन्त्री लेखीको ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य जयप्रकाश थारु, माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महत्तो, प्रमुख दलका स्थानीय प्रमुख, ठोरी गाउँपालिकाका कर्मचारीहरु लगायातको सहभागिता थियो ।


मधेश सरकारलेठोरीलाई प्रमुख पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्ने गरि मधेश प्रदेश सरकारको मंत्रीपरिषदको बैठक समेत ठोरीमा भएको थियो ।

 

ठोरीलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न मंत्रीपरिषद बैठक मार्फत बरोडौको योजना घोषणा गरिएको तर त्यो कार्यान्वयन नभएको बारेमा पनि मंत्री लेखीलाई ध्यानाकर्षण गराइएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.