logo

सडकमा टायर हामीले बाल्यौं, टायर नालामा फाल्ने चुनावमा नेता बने : युवा नेता महमुद अन्सारी 

      11/22/2017 गते 00 00 मा प्रकाशित     4651   पटक पढिएको

युवा नेता महमुद अन्सारी मधेस आन्दोलनपछि एकाएक चर्चामा आए । मधेसको मुद्दा लिएर आन्दोलनको नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी युवा फोरमका जिल्ला अध्यक्ष समेत भईसकेका अन्सारी मधेस आन्दोलन चर्किरहेका बेला मधेसको हक अधिकारका लागि भनेर अग्रपंक्तिमा रहेर सडकमा टायर बालेर प्रदर्शन गर्ने नेतृत्व गरे ।

प्रहरीको गोली खान छाति खोलेर युवा अगाडि बढे । तर, जब स्थानीय तहको निर्वाचन भयो त्यसबेला उनलाई वडा अध्यक्षको टिकट नदिएर मधेस आन्दोलनको विरोध गर्ने र सडकमा बालेको टायर नालामा फाल्नेलाई टिकट दिएकोमा असन्तुष्टि जनाउदै उनले फोरम नेपाल परित्याग गरे । उनी स्वतन्त्रबाट वडा अध्यक्षको प्रत्यासी पनि भए । उनले जित्न नसकेपनि सम्मानजनक हार भयो ।

अहिले उनी नेकपा एमालेमा प्रवेश गरेर बामगठबन्धनका उम्मेदवारहरुलाई जसरी पनि जिताउनुपर्छ भनेर कम्मर कसेर लागेका छन् । उनी फोरम छोड्नुको कारण र एमालेमा प्रवेश गर्नुको कारण बारेमा इसिमानाले गरेकोे संक्षिप्त संवाद :

  • मधेसमा बलियो पकड रहेको संघीय समाजवादी पार्टी किन छोड्नुभयो ? 


: मेरो संघीय समाजवादी पार्टी पर्सामा स्थापना भएदेखि नै लगानी थियो । आन्दोलनमा सबै आफ्नो जिन्दगी दाउमा लगाएर राजनीतिक क्षेत्रमा होमिए । संघीय समाजवादी फोरम नेपाललाई एउटा बलियो पार्टीको रुपमा स्थापित गराउन मेरो महत्वपूर्ण भूमिका थियो ।

त्यसैले जब स्थानीय तहको निर्वाचन भयो । त्यसमा टिकटको लागि मैले पनि दावी गरेको थिए । तर, मधेस आन्दोलनको विरोधी तत्वहरुलाई फोरम नेपालको टिकट दिएर उनीहरुले जितेकोले मैले फोरम परित्याग गरेको हुँ ।

मधेस आन्दोलनमा सडकमा टायर बाल्ने हामी, सडकमा बालेको टायर टिपेर नालामा हाल्नेलाई चाहिँ नेता बनाएर निर्वाचनमा जिताउने पार्टीमा बसिरहन उचित लागेन र छोडेको हुँ । 

  • मधेस विरोधी पार्टी भनेर मधेसमा व्यापक आलोचना हुने एमाले पार्टीमा चाँहि के देखेर प्रवेश गर्नुभयो ? 


: यो देशको ठूलो स्थापित पार्टी नेकपा एमाले हो । नेपाली जनताले विश्वास गरेको पार्टी हो । एमाले पार्टीले नै हिमाल, पहाड, तराई सबैलाई समेटेर विश्वकै उत्कृष्ट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसपछि अहिले भएको एमाले माओवादीको बामगठबन्धनले नै यो देशको निकास दिन सक्छ ।

एमाले पार्टी दलित, मुस्लीम, पिछडावर्ग, आदिवासी जनजाति सबैको माग सम्बोधन गर्ने एजेण्डा एमालेले नै ल्याएको छ । त्यसैले म एमालेमा लागेको छु । मधेसका मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतका तमाम समुदायलाई समेटेर देशलाई समृद्धिको बाटोमा लाने पार्टी नै एमाले हो । यसले पनि मलाई एमालेमा लाग्न प्रेरित ग¥यो । 

  • एमालेले नै संविधान संसोधन गर्न नदिएको हो भनेर आरोप लगाईरहेका छन् नि ? 


: मधेसीको माग सम्बोधन गर्न एमालेले संविधान संसोधन गर्न नदिएको कुरा गलत हो । मधेसको हरेक माग यो संविधानमा समेटिएको छ । केही कुरा छुटेका होलान्, त्यसलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आवश्यकता अनुसार सम्बोधन गर्न सकिन्छ ।

निर्वाचित भईसकेपछि बामगठबन्धनको पहिलो प्राथामिकतामा पनि यहि रहन्छ । मधेसमा देखिएको समस्या मधेसी समुदायको हकहित तथा जायज मागहरु यो निर्वाचनपछि बन्ने बामगठबन्धनको सरकारले नै गर्छ । यसको लागि संविधानमा पनि संसोधन गरेर अगाडि बढ्न सकिन्छ । तर, अधिकार नै दिएको छैन भनेर मधेसी जनतालाई भ्रमित पारेर मधेसको विकासमा अवरोध गर्नेहरु अहिले फेरी किन निर्वाचनमा आएका छन् त ? निहत्था मधेसी नागरिकलाई सडकमा उतारेर मर्न लगायो । विकासको काम ठप्प बनायो ।

आखिर मधेस झन् पछि प¥यो । अहिले आफ्नै स्वार्थमा टिकट विक्री गरेर मधेसी जनतालाई अपमान गरेको छ । अनि अहिले चाहिँ मधेसको विकास गर्छौ भनेर फेरी जनतालाई झुठको खेती गरिरहेका छन् । त्यसैले मधेस विरोधी भनेर आलोचना गर्नु व्यर्थ हो । 

  • तपाँईलाई अहिले यो बामगठबन्धन किन र के का लागि हो जस्तो लाग्छ ? 

: मेरो विचारमा बामगठबन्धन देशमा स्थिर सरकार र समृद्धिका लागि हो । मुलुकमा ९, ९ महिनामा सरकार फेरिरहने गर्दा देशले विकासको गति लिन सकेन । सत्ता स्वार्थकै कारणले मधेसमा धेरै पार्टीको जन्मभयो । जति मधेसी पार्टी फुटेर बने तिनीहरु सबै मन्त्री भए । तर मधेसको विकास जहाँको त्यहिँ रह्यो ।

आखिर मधेसको लागि बनेको पार्टी हो भने, त्यति धेरै मधेसीहरु मन्त्री भए किन विकास गर्न सकेन ,। त्यसैले अबको सरकार स्थिर हुनुपर्छ । स्थिर सरकारले मात्रै देशको विकास र समृद्धि हुन्छ ।

त्यसको लागि नेपालमा एउटै पार्टीको आवश्यकता छ । त्यो बामगठबन्धन विकल्प हुन सक्छ । त्यसैले यो बामगठबन्धन नेपालको स्थिर सरकार र समृद्धिको लागि हो । यस पटकको निर्वाचनमा बामगठबन्धनलाई अत्यधिक बहुमतले जिताउनुपर्छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.