logo

पार्टीको तर्फबाट प्रदेशमा नेतृत्व गर्नु पर्दा पछि हटने कुरा हुदैन - नेता चौधरी 

      11/18/2017 गते 00 00 मा प्रकाशित     3593   पटक पढिएको

प्रतिनिधिसभाका लागि उम्मेदवारी नदिएर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएपछि नेकपा एमालेका पोलिट ब्यूरोका सदस्य नागेन्द्र चौधरीलाई कार्यकर्तालाई बुझाउनै समय लागेको छ । प्रदेशको नेतृत्व गर्नेगरी पर्साको क्षेत्र नं ३ को “क” बाट प्रदेश सभामा चौधरीले उम्मेदवारी दिएका छन । उनको नाममा पार्टीको स्थानीय कमिटीले सिफारिश गरेको थिएन । सिफारिश नभएको नेता उम्मेदवार बनेर आउदा पार्टीको बहुसंख्यक कार्यकर्ता पंक्तिमा खुशी र उत्साह संचार भएको छ  । केहीले सिफारिश नभएको मान्छे कसरी उम्मेदवार भएर आए भन्दै प्रश्न पनि उठाउने गरेका छन । प्रदेश सभाका उम्मेदवार २ नम्बर प्रदेशमा दोश्रो बरियताका नेता हुन । उनी पार्टीको तर्फबाट प्रदेशमा नेतृत्व गर्ने प्रमुख दावेदार मध्यका एक पनि हुन । परि आए नेतृत्व गर्न पछि नपर्ने उनै  चौधरीसंग इसीमानन डटकमकालागिगरिएको कुराकानी । 

  • प्रतिनिधि सभाको सदस्य हुनु भएकै थियो । प्रतिनिधि सभाको चुनाव लडन चाहेको भएपनि तपाईकोलागि क्षेत्र सुरक्षीत थियो । तर प्रदेश सभामा चुनाव लडनु भयो के कारणले यस्तो निर्णय लिनु भएको हो ? 

निर्णय मैले लिएको होइन । पार्टीले लिएको हो  । मेरालागि पार्टीको निर्णम प्रमुख कुरा हो । पार्टीले मेरो आवश्यकता प्रदेश सभामा ग¥यो त्यसकै आधारमा मलाई प्रदेश सभामा पार्टीको तर्फबाट लडन निर्दैश प्राप्त भएकोले मेरो उम्मेदवारी प्रदेश सभामा परेको हो । प्रदेशमा पार्टीले सरकार चलाउने अवसर पाएमा त्यसमा पार्टीको तर्फबाट मैले पनि नेतृत्व गर्न सक्ने एउटा सम्भावना रहेकोले पार्टीले मलाई प्रदेश सभाको चुनावमा प्रतिस्पर्धा गर्न पठाएको हो  । मैले यसपाली अवसर पाए भने मलाई जिताउने जनताले गौरव गर्नेगरी काम गरेर देखाउँछु । पार्टी भित्र पनि नीति निर्माणको तहमा मेरो सहभागिता रहन्छ । त्यहा निर्माण भएको नीतिलाई प्रदेशमा कार्यान्वयन  गर्न सहज पनि हुने अवस्था छ । यस मानेमा म सम्पूर्ण रुपमा पार्टीले दिने जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गर्न दृढ छु । त्यही कारण हो म अहिले प्रदेश सभाको उम्मेदवारको रुपमा जनताको घरदैलोमा गइरहेको छु । 

  • त्यसो भए २ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा तपाईलाई देख्न सकिन्छ हैन त ? 

मेरो मात्रै चाहनाले यो सम्भव हुने त होइन ।  अर्को कुरा पार्टीले नै प्रदेशको नेतृत्व तय गर्छ । जो नेतृत्वमा आएपनि पार्टीकै सहयोद्धाहरु मध्यबाट आउने हो । त्यसरी आउनेमा एउटा सम्भावना भएको मान्छे म पनि हु भन्ने मात्र मेरो भनाईहो । पार्टीले मलाई पनि अगाडि सार्न सक्छ । म अहिले पनि पार्टीको तर्फबाट प्रदेशको नेतृत्व त गरिरहेको छु । हामीले नै यो प्रदेशको समृद्धिको नेतृत्व गर्नु पर्छ । हाम्रो नेतृत्वमे २ नम्बर प्रदेशले आफनो मुहार फेर्ने छ । जनकपुरको भेटीले प्रदेश चल्दैन भनेर यो प्रदेशको सम्भावना महत्वलाई कम आँक्नेहरुलाई जवाफ  दिनकालागि हामीले प्रदेशको नेतृत् व गर्नु पर्छ । मंसिर २१ को निर्वाचन पछि आउने परिणामले वाम गठबन्धनलाई त्यो ठाउमा पु¥याउने छ । अवको एजेण्डा आर्थिक समृद्धि नै हो । राजनीतिक अधिकारका निमित्त हामी हिजो धेरै लड्यौं । आर्थिक समृद्धि र त्यसमा पनि समाजवादको वातावरण बनाउन वाम गठवन्धन गरेर चुनावी मैदानमा आएका छौं । त्यसपछि प्रदेशको मुहार वदलिने छ । प्रदेशका जनताले नेकपा एमाले र माओवादी केन्द्रलाई बिजयी बनाएकोमा गर्व गर्नेछन ।

  • मुख्यमन्त्री बन्नलाई त प्रदेशमा अरु पार्टीको भन्दा धेरै सिट जित्नुपर्ने होला, तयारी के छ ?

नेकपा एमालेले नजित्ने आधार केही पनि छैन । जनमतका हिसावले मुलुकमा वामगठबन्धनले जनताको बिश्वास हासिल गर्ने कुरामा कुनै शंका गरिरहनु पर्ने अवस्था छैन । एजेण्डाको कुरा गर्ने हो भने गर्न सकिने  सकिने एजेण्डाहरुको छनोट भएको छ । नेपालमा काम गरेर देखाउने वामपन्थ  हुन भन्ने स्थापित भएकै छ । आर्थिक समृद्धी र बिकासको चाहना राख्ने २ नम्बर प्रदेशका स्वाभिमानी नागरिकको सपनालाई साकार पार्ने पनि वामगठबन्धको नेतृत्वमा बन्ने स्थिर सरकारले नै गर्ने छ । त्यसैल। प्रदेश नं २ मा वाम गठवन्धनले बहुमत ल्याउँछ । वाम गठवन्धनको लाल किल्ला बन्ने छ यो प्रदेश । यहाँ वाम गठबन्धनको प्रष्ट बहुमत छ । यहाँ एमालेलाई धेरै सिट जिताउने भन्दा पनि गठबन्धनलाई नै जिताउने हो । हिजोका दिनमा जनताले विश्वास गरिसकेका नेताहरु छन् । गठबन्धनले सबै जित्छ । सैद्धान्तिक सहमतिका आधारमा मुख्यमन्त्री बन्ने हो, त्यसमा तलमाथि हुँदैन ।

  • तपाईंले गठबन्धनका कारण जित सहजै छ भनिरहँदा गठबन्धनकै कारण असन्तुष्टि पनि त छन् नि ?

कहिंकतै गलत बुझाइका कारण समस्या भएको हुन सक्छ । तर तपाईले भने जस्तो असन्तोष प्रकट रुपमा देखिएको छैन । बरु आम जनतामा आशाको संचार भएको छ । कार्यकर्ता पंक्ति उत्साहित भएको छ । दुबै पार्टीका सबै संरचनाहरुको संयुक्त बैठक बस्ने योजना बन्ने त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको छ । बरु हाम्रो गठबन्धनलाई कमजोर बनाउन सकिन्छ की भत्काउन सकिन्छ की भने बिभिन्न खाले शक्तिहरु षडयन्त्रमा लागेका छन । तर तिनले गर्न चाही केही पनि सक्दैनन । 

  • तपाईले प्रदेश सभाको उम्मेदवारको रुपमा कस्ता एजेण्डा अगाडि सार्नु भएको छ ?

मैले मात्रै होइन, वाम गठबन्धनले नै प्रदेश २ को आर्थिक समृद्धिका एजेण्डा अगाडि सारेका छौं । हामीले आर्थिक समृद्धिमार्फत यो प्रदेशको मुहार वदल्न खोज्दैछौं । यसमा जनताले साथ दिन्छन् भन्नेमा विश्वास लिएका छौ । वाम गठवन्धन भइसकेपछि जनताले अव एउटै कम्युनिष्ट पार्टी बनाउने गरी आफ्नो मत प्रकट गरेर गठवन्धनलाई विजयी बनाउछन् । हाम्रा कमजोरीहरुलाई सुधार गरेर देशलाई नै नेतृत्व गर्ने प्रदेश निर्माणलाई जोड दिएका छौं । सडक पुगेका ठाउँमा पनि स्तरीय छैनन् । प्रदेश २ का सबै जिल्लामा सडक सञ्जाल जोड्नु र त्यसको स्तरोन्नती गर्नु हाम्रो प्राथमिकता हो ।

त्यसपछि सबै जिल्लामा विद्युत विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने हाम्रो प्रतिवद्धता छ । हरेक जिल्लामा कम्तिमा एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, क्याम्पस निर्माण गर्ने प्रतिबद्धता हामीले गरेका छौं । त्यसो भयो भने कसैले अकालमा मृत्यु भोग्नु पर्ने छैन । २ नम्बर प्रदेश प्राकृतिक स्रोतमा पनि धनी छ । गरिबीको अन्त्य गर्न जडीबुटीको प्रशोधन गर्ने, व्यवसायिक कृषि उत्पादनका योजना कार्यान्वयन गर्न योजना हामीले ल्याएका छौं ।  गरिबी अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नतर्फ लाग्नेछौं । प्रदेशको राजधानीको विषयमा न्यायोचित निर्णय गर्ने कुरामा पर्सेली जनताको भावनालाई प्रतिनिधित्व गर्छौ । 

  • तपाईहरुले बनाउन चाहेको २ नम्बर प्रदेश कस्तो हुनेछ ।

धेरै कुरा हाम्रा एजेण्डामा राखे अनुसार नै हुन्छ । केही काम छिटो सम्पन्न होलान, केही समय लाग्न सक्छ । केन्द्रिकृत राज्य प्रणालीमा केन्द्रको दृष्टि पुग्न नसकेको यो क्षेत्रलाई देशकै नमूना प्रदेश बनाउन सकिनेछ । त्यतिमात्र हैन जनताले गौरव गर्ने प्रदेश बनाउँछौ । धार्मिक तथा सास्कृतिक केन्द्रको रुपमा रहेको यो प्रदेश सबै भन्दा सम्पन्न प्रदेश बन्ने असिम सम्भावना छ हामी त्यो कुरालाई कार्यान्वयनमा ल्याउन प्रतिवद्ध छौ । यो प्रदेशमा जनकपुर,मिथिला सभ्यता,सिम्रौनगढ,गढीमाई सहलेश जस्ता ऐतिहासिक महत्वका धरोहरहरु हामीसंग छन । ओधोगिकीकरणकालागि  यही प्रदेश उपयुक्त छ त्यसकालागि लगानीमैत्री वतावरण बनाएर काम गरिने छ । यसको समग्र प्रतिफल भनेको सबै युवाहरु रोजगारमा संलग्न हुने छन । आत्मनिर्भर अर्थतन्त्रको बिकास हुनेछ । स्वास्थ्य शिक्षामा आम नागरिकको पहुच हुनेछ । उपचार अभावमा खाना नपाएर अकालमा कुनै नागरिकको ज्यान जाने छैन । हामी यस्तो प्रदेश बनाउने छौ ।

  • वामगठबन्धनका माध्यमले तपाईहरु अधिनायकवाद लाद्न खोज्दै हुनुहुन्छ भन्ने अरोप छ के भन्नुहुन्छ ? 

यो आरोप खास गरेर नेपाली कांग्रेसको तर्पmबाट लगाउने काम भएको छ । नेपाली कांग्रेसले नेपालको कम्युनिष्टको जनमतलाई बिभाजीत गरेर सर्वसत्तावादी बन्दै आएकोमा अव उसको त्यो भोगचलनको संसार भत्कने देखेपछिको रोधदन हो अधिनायकवादको आरोप । आवधिक निर्वाचन प्रणालीको सम्बैधानिक दायरामा बसेर निर्वाचन प्रक्रियामा भाग लिन हिडेको वामगठबन्धन अधिनायकबादी हो भनेर आरोप लगाउनु भएको डर त्रासको मनोबिज्ञान मात्रै हो । लोकतानित्रक शक्ति हु भन्ने कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्ने मात्रै हो त्यसको त्यो अनुरुपको चरित्र छैन । चारित्रिक रुपमा आफू लोकतान्त्रिक  हुन नसक्नेले अधिनायकवादको भ्रम सृजना गरेर आफूलाई जोगाउने कोशीस मात्र गरेको नेपाली कांग्रेसले यसपटक त्यस्तो कुनै सफलता पाउनेवाला छैन । लोकतान्त्रिक  हुन नसक्नेले अधिनायकवादको भ्रम सृजना गरेर आफूलाई जोगाउने कोशीस मात्र गरेको नेपाली कांग्रेसले यसपटक त्यस्तो कुनै सफलता पाउनेवाला छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.