logo

राजनीति पनि समाजसेवाको एउटा राम्रो माध्यम हो: राजेश्वेर साह

      11/8/2017 गते 00 00 मा प्रकाशित     3207   पटक पढिएको

ब्यपारमा नाफा घाटाको हिसाव गर्ने ४२ वर्षिय राजेश्वर साह लाई आजभोली मतदाता कार्यकर्ता र अन्य शुभेच्छुकहरुका दर्जनौ सवाल,अनेकौ जिज्ञासा बिभिन्न खालका सूचना सुन्ने बिश्लेषण गर्ने ,चुनावी कार्यक्रममा सहभागि हुने ,कार्यक्रम मिलाउने रिसाएका कार्यकर्तालाई फकाउने ,खटाउन  भ्याई नभ्याई छ । 

बिद्यालयको बिद्यार्थी हुदा नै  बहुवर्वा भाठामा रहेको माविबाट नेपाल बिद्यार्थी संघमा संगठीत भएका साहमा डाक्टर बन्छु भन्ने थियो । तर बिज्ञान संकायमा प्रविणता पत्रको अध्ययन सकेपछि साहको यात्रामा एउटा मोड आयो डक्टर बन्ने सपना छाडेर उनी ब्यपारमा लागे । ब्यपारमा साहले पछि पर्केर हेर्नु परेन । दिन प्रतिदिन सफलताका पाइला चुम्दै एउटा शिखरमा पुगे ।

ब्यापारमा एउटा कद बनाई सकिएपछि साहको जीवनमा एउटा मोड आयो जसले उनलाई फेरी राजनीतिको यात्रामा लगायो । राजनीतिक जीवनमा उनले  कम्ता संघर्ष गर्नु परेन । राजनीतिमा अविश्वास  असहयोग कतिपय अवस्थामा अपमान समेत ब्यहोर्नु प¥यो । तर राजनीति हो भन्दै हरेस नखाएका साहले अन्तत पार्टीको बिश्वास हासिल गरे र अहिले उनी पर्सा क्षेत्र नं २ को प्रदेश सभा १ मा उम्मेदवार भएका छन ।

उनै साहसंग इसीमाना डटकमले गरेको कुराकानीको सम्पादित अंश - सम्पादक

 

  • ब्यपारमा राम्रो गरिरहनु भएको मान्छे राजनीतिमा किन आउनु भयो ? राजनीतिक सत्ता र शक्तिको चाहले तपाईलाई पनि छोयो होइन ?

    कुरा त्यस्तो होइन । राजनीतिक सत्ता शक्तिको चाह होइन । तर राजनीति गर्दै जादा त्यो प्राप्त हुन सक्छ भन्ने कुरा स्वभाविक हो । तर त्यो नै मेरो चाहना होइन । पार्टीले दिने जिम्मेवारी पुरा गर्दै जादा आइपर्ने अवसरहरु उपयोग गर्ने कुरालाई अन्यथा मान्नु पर्छ जस्तो मलाई लाग्दैन । तर मुल कुरा त के हो भने बिद्यार्थीहुदा देखीनै नेपाल बिद्यार्थी संघसंग आवद्ध भएको थियो ।

    यो राजनीतिक यात्राको शुरुवात थियो । ब्यापारमा लाग्दा राजनीतिक जीवन सक्रिय बनाउन सकिन तर पछिल्लो पटक ०६४ को सम्बिधान सभाको निर्वाचन भन्दा अगाडि देखी सक्रियतालाई बढाएको छु । पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीता पूर्वक निवाह गर्दै आएको छु । अहिले पार्टीले निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा १ को उम्मेदवार बनाएको छ । मेरो तर्फबाट सम्पूर्ण रुपमा राम्रो गर्ने प्रयास  गर्छु ।

    ब्यपारमा आफनो रोजीरोटी ब्यवस्थापनको आधार हो पेशा हो । त्यो गर्दै गर्दा सामाजिक कामहरुमा मेरो सहभागिता रहेको थियो । राजनीति पनि समाजसेवाको एउटा राम्रो माध्यम हो । राजनीति आम रुपमा जनताको हितका निम्ति गरिने बिषय हो । त्यसकारण सामाजिक सेवाकोलागि राजनीतिक क्षेत्र मेरो रुचीको बिषय बन्यो । जनसेवाका निम्ति राजनीतिक रुपमा मैले पाउने अवसर पद र प्रतिष्ठाको प्रयोग गर्छु । मैले जे पाउछु त्यो जनता र क्षेत्रको बिकासकालागि समर्पित हुने छ ।

 

  • अनि सेवा गर्नकालागि तपाई राजनीतिक शक्ति र सत्ता किन चाहियो र ?

    राजनीतिक सत्ता किन चाहियो भन्ने कुरामा मेरो सिम्पल धारणा छ । बृहत जनताको हितमा काम गर्ने योजना पो म संग छ तर त्यसलाई आपूर्ती गर्ने स्रोत र साधन ब्यक्तिगत रुपमा लगाउन सकिदैन । बृहतर जनताको हितका निम्ति निष्ठापूर्वक इमान्दारीतपूर्वक स्रोतको परिचालन गर्न सत्ता चाहिन्छ । नागरिकको जीनवनमा समृद्धी ल्याउने मेरो अपेक्षालाई पुरा गर्न ब्यक्तिको सम्पतीले मात्र सकिदैन ।

    ब्यक्तिको सोच र ब्यवहारले मात्र सम्भव हुदैन । त्यसमा वतावरण कानून ,जनशक्ति सबैको आवश्यकता हुने भएकोले राजनीतिक सत्ताले जनताबाट अनुमोदित हुने भएकोले त्यसका माध्यमबाट सेवा गर्न सजिलो हुन्छ त्यो पदमा पुगेर मैले पदको दुरुपयोग गर्ने होइन निष्ठापूर्वक सेवा नै गर्छु मेरो यो प्रतिवद्धता रहेको छ ।   
                                            
  • तपाईलाई जनताले आफनो मत दिन्छन भन्ने के कारणले लागेको छ ?

    नेपाली कांग्रेसको नेतृत्वमा ६० वर्षदेखी नेपाली जनताले चाहेको गणतन्त्रलाई संस्थागत गर्ने गरि संघीय लाकतान्त्रिक गणतन्त्र नेपालको सम्बिधान जारी भयो । त्यसको कार्यान्वयनको चरणमा हामी छौ । एउटा यो कार्यान्वयनको कुरा छ । राजनीतिक रुपमा धेरै कुरा सेटल भएको छ तर नेपालको गरिवी अन्त्यको सवाल जटिल बन्दै गएको छ ।

    गरिवी अन्त्यकोलागि आर्थिक उर्पाजनका कामहरु आवश्यक छ । आर्थिक उत्पादनकोलागि कानूनी जटिलताहरुको अन्त्य मुलुकमा शान्तिपूर्ण अवस्थाको निर्माण स्थिर सरकार आवश्यक छ । यो गर्नकालागि नेपाली कांग्रेससंग योजना र खाका छ । त्यो पुरा गर्न नेपाली जनताको लडाईबाट प्राप्त भएको लोकतन्त्रलाई संस्थागत गर्न अधिानयकवादबाट मुलुकलाई जोगाउनकालािग नेपाली कांग्रेसले काम गर्छ मुलुकको राष्ट्रीय राजनीतिका सन्दर्भमा मेरो ऐजेण्डा मेरो पार्टीले तय गरेका माथि उल्लेखीत बिषय नै हुन ।

    स्थानीय तहमा मेरो प्रदेश सभाको समग्र बिकास बाटो घाटो पुल पुलेसो ऐतिहासिक स्थलहरुको संरक्षण पर्यटकहरुकोलागि गन्तब्य केन्द्र रोजगार मुलक उधोगहरुको स्थापना गर्ने कुराहरु मेरा एजेण्डा हुन । यि एजेण्डाहरु जनताको दैनीक जीवनसंग सरोकार राख्ने भएकोले र नेपाली कांग्रेसले बोलेको कुरा पुरा गर्ने भएकोले जनताको मत मैले पाउछु र बिजय हासिल गर्छु ।
     
  • तपाई चुनाव लड्ने क्षेत्रका समस्याहरु के छन ?

    मेरो क्षेत्र आम रुपमा नेपालका अन्य क्षेत्र जस्तै कतिपय समस्याहरु समान खालका छन । अन्त गरिवी छ मेरो क्षेत्रमा पनि गरिवी छ । पछौटेपन छ , सामाजिक जीनवशैलीमा पनि बिभेद छ ,रोजगारीको अभाव छ , कृषि परम्परागत छ ।

    अव त आफूलाई खानको लागि उत्पादन गर्ने अवस्थामा हामी पुगेका छौ । पर्यटकहरुकालागि आकर्षणको केन्द्र त तर त्यसको निर्माण भएको छैन । सुरक्षाका बिषय छन यस्तै समस्याहरु जसलाई समाधान गरेर अगाडि बढनु पर्छ ।
     
  • समस्याको पहिचान गरिसक्नु भएको छ । समाधान गर्ने स्रोत साधन कसरी परिचालन हुन्छ  ?

    महत्वपूर्ण सवाल गर्नु भयो । समस्याहरु पहिचान भएपछि समाधान गर्ने आधार पनि फेला पर्छ । एउटा डक्टरले रोग पत्ता लगाए पछि ठिक उपचार गर्छ । अनी बिरामी निको हुन्छ । ठिक त्यस्तै तरिकाले हामीले मोटामोटी समस्या देखेका छौ समस्याहरु अरु पनि होलान ।

    समस्या र त्यसको प्रभावका बिषयको आकलन गरि समस्याहरुको हलकालागि प्रथमिकता तय गरेर काम गर्छौ । सीमीत स्रोत र साधनमा धेरै प्रतिफल प्राप्त गर्ने चुनौतीलाई स्वीकार गरेरै काम गर्छौ । अर्को कुरा राज्य सरकाले बनाउने नीतिमा हाम्रो समस्यालाई हल गर्नकालागि पहल गर्छौ आर्थिक स्रोतलाई बढी भन्दा बढी मेरो क्षेत्रमा ल्याउनेमा मेरो ध्यान हुने छ ।

    जनताको साथ र सहभागितामाहामी हाम्रा समस्याहरु हल गर्दै कृषिको आधुनीकीकरण,रोजगारमुलक उधोगको स्थापना त्यसकोलागि कानूनी जटिलताहरुको अन्त्य पर्यटकीय क्षेत्रको बिकास र निर्माणको काम गर्छौ ।
     
  • अन्त्यमा आफनो प्रदेश सभाका मतदातालाई के भन्नुहुन्छ ?

    सामाजिक समावेशीकरणलाई ब्यहारमा उतार्ने छौ  । सामाजिक न्यायमा आधारित शासन ब्यवस्थाको निम्ती पहल गर्छौ । सबैको इज्जत प्रतिष्ठा हित सम्मानपूर्ण अवस्था बनाउनकोलागि पनि नेपाली कांग्रेसले जित्नु आवश्यक छ ।

    यो आवश्यकतालाई आम मतदाताले बुझनु हुने छ र नेपाली कांंग्रेसको रुख चिन्हमा मतदान गर्न आम मतदाताहरुलाई अपिल गर्छु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.