logo

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी 

      6/3/2020 गते ००: ०० मा प्रकाशित     4137   पटक पढिएको

हरिनारायण चौधरी
अध्यक्ष 
पटेर्वा सुगौली गाउँपालिका

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अहिले स्थानीय तहहरुको मत्वपूर्ण भूमिका रहेको छ । खासगरी सीमाक्षेत्रसँग जोडिएका नेपालको प्रदेश नम्बर २ जोखिममा छ । भारतबाट नेपाल आएकाहरुको क्वारेन्टीन, आईशोलेशन, पीसीआर टेष्ट लगायतका कामहरु मुख्य छन् । यसबाहेक स्थानीय तहका विपन्न नागरिकहरुको लागि जनजीवनलाई सामान्य बनाउन पनि स्थानीय सरकारको हैसियतले पनि स्थानीयतहको मुख्य दायित्वभित्र पर्छ । यसको लागि स्थानीय तहको सरकारहरुबीचको समन्वयकारी भूमिका पनि महत्वपूर्ण हुन्छ । भौगोलिक सीमाक्षेत्र र अधिकार क्षेत्र बाहेक मानवको जीवन बचाउनका लागि स्थानीय सरकारले खेल्ने भूमिकाले पनि कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्छ । यहि समन्वय र सहकार्यको भूमिकामा पर्साको पटेर्वा सुगौली गाउँपालिका देखिएको छ । कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सक्रिय भूमिकामा रहेको वीरगन्ज महानगरपालिकाकै लयमा पटेर्वा सुगौली गाउँपालिका पनि देखिएको छ । जनताको घर आँगनको सरकारबाट नागरिकले जुन अपेक्षा गरेका छन्, वास्तविक रुपमा संकटको घडीमा वीरगन्ज महानगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाको सहकार्य र समन्वय अन्य स्थानीय तहहरुको लागि पनि उदाहरणीय बन्न सक्छ । गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको गतिविधि र सक्रियताको बारेमा पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीसँग इसीमानाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले अहिले के गरिरहेको छ ? व्यावस्थापन कसरी भईरहेको छ ? 

  •  सबैभन्दा पहिले हाम्रो गाउँपालिका लगायत पर्साका स्थानीय तहहरु भारतीय सीमासँग जोडिएका छन् । मेरो आप्mनो गाउँपालिकाको जनताको सुरक्षाका लागि महामारी जुन हिसाबले बढ्दो क्रममा छ । त्यसलाई मध्यनजर गर्दै भोलीको सम्भावित विपतीबाट आईपर्ने जोखिम न्यूनिकरणका लागि केन्द्रीत गरेको छु । अहिले पटेर्वा सुगौली गाउँपालिकामा पहिलोपटक पाँचजना संक्रमित भेटिएको थियो । त्यसले गाउँपालिकाका नागरिक निकै त्रसित भए । त्यसले थप संक्रमण नफैलियोस भनेर हामीले गाउँपालिकाभित्र सबै वडामा क्वारेण्टीनको व्यावस्था गरेका छौं । भारतबाट आएका प्रत्येक व्यक्तिलाई क्वारेण्टिनमा राखेर चेकजाँच गराई संक्रमण नदेखिएमा मात्रै घर पठाउने काम गरेका छौं । गाउँपालिका भित्र प्रवेश गर्ने शंकास्पद व्यक्तिहरुलाई हामीले स्वास्थ्य जाँच गराएर मात्रै छिर्न दिने गरेका छौं । हाम्रो सूचना प्रणाली एकदमै चुस्त दुरुस्त राखेका छौं हरेक वडामा आउनेहरुलाई निगरानी गर्ने काम गरेका छौं । 

स्थानीय सरकारको देखिने काम भनेको राहत वितरण पहिलो नम्बरमा छ । तपाँईको गाउँपालिकामा चाहिँ कसरी राहत वितरण गरिएको छ ? 

  • कोरोनाको संक्रमण फैलिएपछि सरकारले घोषणा गरेको लकडाउनले विपन्न नागरिक निकै प्रभावित भए । हाम्रो गाउँपालिकामा रहेका विपन्न गरिब परिवारहरुको लागि भनेर राहत वितरण शुरु गरियो । हाम्रो गाउँपालिकामा अहिलेसम्म २६०० घर परिवारलाई राहत वितरण गरेका छौं । तर, कस्तो विडम्वना यो राहत भन्ने चिजलाई सरकारले दिएको र आपूmले पाउनै पर्ने अधिकारको रुपमा हेरेर हुँदा खानेहरुले भन्दा हुनेखानेले पनि लोभ लालच देखाए । यसले पटेर्वासुगौली गाउँपालिकामा रहात वितण गर्न निकै चुनौती थियो । तथापी हामीले सबै नागरिकले राहत पाउनुपर्छ भन्ने मान्यता राखेर सकेको जति राहत वितरण ग¥यौं । हामीले पहिलो चरणमा वितरण गरेको बाहेक प्रदेश सरकारले हरेक वडामा ९० जनालाई घरेलु तथा साना उद्योग मार्पmत पठाएको र त्यसमा पनि नपुग राहत गाउँपालिकाबाट थप गरेर दोश्रो चरणको वितरण गरियो । 

क्वारेन्टीनको व्यावस्थापन कसरी मिलाउनुभएको छ ? 

  • वडा नम्बर ५ को माध्यामिक विद्यालयमा सुरक्षाकर्मीहरु सहित राखेर सबै व्यवस्थित मिलाएर राखेका छौं । क्वारेण्टीनमा बस्ने उहाँहरुको ज्वरो तथा सामान्य चेकजाँच गर्ने र लक्षण देखा पर्ने र शंका लागेमा एम्बुलेन्स बोलाएर पनि नारायणी अस्पतालमा पठाउने व्यावस्था मिलाएका छौं । भारतबाट आएकाहरुलाई घरजान नदिएर क्वान्टिीनमा नै राख्ने व्यावस्था गरिएको छ । स्वाब टेष्टहरु गराउने गरेका छौं । 

 
अहिले संक्रमितको संख्या बढ्दै जाँदा पटेर्वा सुगौली गाउँपालिकामा पनि संक्रमित बढेका छन् । महानगरलाई रकम सहयोग गर्नुभएको छ । किन ? 

  • हामी हाम्रो जनतालाई सुरक्षित राख्नुपर्छ । केही दिन अगाडि टाउनहलमा सर्वदलीय बैठक भएको थियो । सांसद, प्रदेशसभा सदस्य तथा स्थानीय तह र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा सबैले सहकार्य गरेर जाने सहमति भयो । भोलीको दिनमा संभावित जोखिमबाट नागरिकलाई बचाउनका लागि केही योजनाहरु हुनुपर्छ भन्ने सोचले गाउँपालिकामा सुविधायुक्त भौतिक संरचनाहरु भएको अवस्था छैन । भोली संक्रमित बढ्दै गयो भने कुनै भेन्टिलेटर सहितको सुविधा भएको अस्पताल छैन । जुन सदरमुकाममा अहिले सरकारले गण्डक हस्पिटलमा नारायणीको कोभिड अस्पताल स्थापना गरेको छ । त्यसको व्यावस्थापन महानगरपालिकाले नै गरिरहेकोले हाम्रो पटेर्वा सुगौली गाउँपालिकाका संक्रमितहरु पनि उपचार गरिरहेको र थप संक्रमितहरु बढेमा उपचारमा सहज होस भनेर नै महानगरपालिकालाई गाउँपालिकाले २५ लाख सहयोग गरेको हो । अहिलेपनि भारतबाट आउने क्रम जारी रहेको छ । भारतबाट रेल सञ्चालन गरेपछि त्यहाँबाट आएर गाउँपालिकामा आएकाहरुबाट पोजिटिभ देखिएको हो । मैले महानगरपालिकालाई दिएको सहयोग होईन मेरो आप्mनो गाउँपालिकाका जनताको सुरक्षाका लागि सहयोग गरेको हो । 

महानगरपालिकाकालाई सहयोग गर्ने तपाई पहिलो गाउँपालिका हुनुभयो । अरु गाउँपालिकालाई के भन्न चाहानुहुन्छ ? 

  • सबै स्थानीय तहका प्रमुख ज्यूहरुलाई के आग्रह गर्न चाहान्छु भने । कहि संक्रमितहरु देखियो भने गाउँपालिकामा राखेर उपचार गराउने अवस्था र सम्भावना छैन । गण्डकमा रहेको कोभिड अस्पताल लगायत सदरमुकाममा व्यावस्थापन गरिएको आईशोलेशनहरुलाई सहयोग गर्न सकिए भोली हाम्रो गाउँपालिकाका जनतालाई पनि त्यहि लगेर उपचार गराउन सहज हुन्छ ।

    त्यसैले यो विपदको घडीमा हामीले को कहाँको भन्नुभन्दापनि आप्mनो गाउँपालिकाका जनताले कहाँ सही ढंगको उपचार पाउछ र कोरोनालाई पराजित गर्न सक्छौं भन्ने महत्वपूर्ण कुरा लागेर नै मेरो गाउँपालिकाले वीरगन्ज महानगरपालिकालाई साथ दिएको हो । पर्सामा अहिले कुनैपनि स्थानीय तहमा कोरोनाका संक्रमितलाई राखेर उपचार गराउने व्यावस्था छैन ।

    वीरगन्जमा संघ सरकारले स्थापना गरेको कोभिड अस्पताल भएपनि महानगरले व्यावस्थापन गरिरहेको छ । तर, हाम्रो आफ्नो गाउँपालिकाका संक्रमितहरुपनि उपचार गराईरहेको हुँदा उहाँहरुको लागि सहयोग गर्नु गाउँपालिकाको दायित्व हो । यसरी हामीले बुझेर पर्साका सबै गाउँपालिकाले सहयोग गर्न सक्यौं भने पर्साबाट कोरोनालाई सहजै परास्त गर्न सकिन्छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.