logo

घरघरमा पुगेर सहयोग उपलब्ध गराउदै मुख्यमंत्री राउत

      7/17/2018 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

बीरगंज १ साउन । 
पछिल्लो मधेश आन्दोलनका बेला प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई प्रदेश नं २ को सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

 

मधेश आन्दोलनको क्रममा ०७२ भदौ १४ गते बीरगंजको श्रीपुर क्षेत्रमा भएको प्रर्दशनमा प्रहरीको गोली घाइते भएका सखुवा प्रसौनी गाउँपालिका ५ महुवनका पन्नालाल यादव असोज ३ गते घाइते भएका  बीरगंज महानगरको वडा नं २७ बगहीका मुन्सी पटेललाई प्रदेश सरकारले ३÷३ लाख सहयोग उपलब्ध गराएको हो । 

 


मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनका घाइतेद्वयको घरमै पुगेर तीन लाखको चेक हस्तान्तरण गरेका हुन ।चेक हस्तान्तरण गर्दै मुख्यमंत्री राउतले आन्दोलनका घाइतेकालागि रोजगारको ब्यवस्था गर्ने आश्वासन दिए । आन्दोलनका शहीद र घाइतेहरुलाई सरकारले नर्विसएको भन्दै मुख्यमंत्री राउतले मंत्री परिषदको निर्णय अनुसार नै सहयोग बितरण गरेको बताए  । 

 


यादवलाई मधेस आन्दोलनका क्रममा ०७२ भदौं १४ गते वीरगञ्जको राधेमाईमा घुँडामा गोली लागेको थियो । यादवले आफ्नो उपचारमा ४३ लाख भन्दा बढी खर्च भएको बताए  । घाइते भएदेखि कहिले विएन्डबी त कहिले भारतको एम्स ,एपोलो अस्पतालमा पुगेर उपचार गराउदै आएका यादवको दहिने खुट्टा चल्दैन ।

 

घर बैंकमा धितो राखेर उपचार गराउदै आएका यादवले प्रतिमहिना एक लाख रुपैया उपचारमा खर्च हुने गरेको बताए  । अहिले पनि दैनीक १ हजार रुपैया लगाएर थेरापी हुदै आएको छ ।

 

थेरापी गरेको ३ महिना भयो अझै पाँच महिना गर्नु पर्ने चिकत्सकको राय छ यादवले भने ।  यादवले  सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख र गृह मन्त्रालयबाट ३ लाखजति सहयोग पाएको बताए  । 


आफू काम गर्न नसक्ने अवस्थामा रहेकोले परिवार पाल्न निकै कठिनाइ भइरहेको उनको भनाइ छ  ।


मन्सी पटेललाई मधेस आन्दोलनकै क्रममा मुलुकमा नयाँ संविधान जारी भएको दिन २०७२ असोज ३ गते माईस्थानमा गोली लागेको थियो । गोली लागेर गम्भीर अवस्थामा पुगेका उनलाई सोही दिन हेलिकप्टरमा राखेर काठमाण्डु उपचारका लागि लगिएको थियो ।

 


भारत र नेपालका अस्पतालमा निरन्तर उपचार गराईरहेका पटेलको उपचारमा पनि लाखौं खर्च भएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो ।थारुले पटेलको उपचारकालागि अभियान नै चलाएका थिए  । पटेलको पनि कम्मर भन्दा मुनिको शररिरका अंङ्गहरु चल्दैनन । 

 


आर्थिक अवस्था कमजोर रहेका कारण मुन्सीको उपचारका लागि सामाजिक अभियन्ताहरुले पटक÷पटक रकम संकलन गरेर सहयोगसमेत गर्दै आएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.