logo

सत्ताधारी दलका अध्यक्ष भेट्ने बित्तिकै वीरगंजमा फेरी डोजर चल्यो

 इसीमाना सम्वाददाता     २०८३ असार १९ गते ०३: ११ मा प्रकाशित     427   पटक पढिएको

वीरगन्ज । त्रिभूवन राजपथको ग(डक मितेरीपुल सडक खण्डको अतिक्रमण हटाउन सडक विभाग डिभिजन कार्यालय हेटौंडा फेरी तातेको छ । 

 


सडकको गण्डक तर्फको क्षेत्रमा बिजुली बिच्छेद गरिएका घरहरु तथा अन्य संरचना पूर्ण रुपमा हटाउने काममा बिभाग क्रिायाशिल भएको छ । 


गत बैशाख ६ गते बिभागले सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना भत्काएको थियो ।

 

बिभागले १ हजार २ सय संरचनामा डोजर लगाएर थोरै थोरै भत्काएर निर्माणकर्तालाई नै संरचना हटाउन सूचीत गरेको थियो । तर संरचना हटाउन छोडेर अतिक्रमणलाई बैधता दिलाउन बिभिन्न आन्दोलनका कार्यक्रम हुन थालेपछि बिभाग तातेको हो । 


हिजो मात्र वीरगंज उधोग बाणिज्य संघ तथा पर्सा क्षेत्र नं १ का सांसद हरि पन्तको नेतृत्वमा एक टोलीले वीरगंजको सहड नभत्काउन माँग गर्दै भेटघाट गरेको थियो ।

 

सत्ताधारी दलका शक्तिशाली अध्यक्षलाई भेटेको २४ घण्टा बित्न नपाउदै सडक डिभिजन बिधाग हेटौडा हर्कतमा आएको छ ।

 

 

सडक विभाग डिभिजन कार्यालय हेटौंडाले गण्डक क्षेत्रबाट सडक सीमाभित्र रहेका संरचनाहरू पूर्णरूपमा खाली गराउन शुक्रबारदेखि पुनः डोजर परिचालन गरेको हो।

 

 

सडक विभागका इन्जिनियर दुर्गाप्रसादका अनुसार केही दिनअघि सडक सीमाभित्र अतिक्रमण गरी निर्माण गरिएका घर तथा संरचनामा डोजर चलाएर भत्काइएको थियो।

 

त्यसपछि सम्बन्धित घरधनीलाई भत्किएका संरचना, सामान र निर्माण सामग्री आफैं हटाई क्षेत्र खाली गर्न निर्देशन दिइएको थियो।

 

 

तर अधिकांश घरधनीले अझैसम्म संरचना पूर्ण रूपमा खाली नगरेकाले विभागले पुनः डोजर परिचालन गरेर सफाइ अभियान अघि बढाएको जनाएको छ।

 

सर्वोच्च अदालतको आदेशअनुसार वीरगन्जका मुख्य सडकलाई दायाँ–बायाँ २५र२५ मिटर कायम गर्दै फराकिलो बनाउने योजनाअन्तर्गत सडक विभागले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको हो।

 

सोही अभियानलाई प्रभावकारी बनाउन गण्डक क्षेत्रबाट पुनः डोजर चलाइएको विभागको भनाइ छ।

सडक विभागले सडक सीमाभित्र परेका संरचना समयमै खाली गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै, अन्यथा कानुनबमोजिम हटाउने प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.