logo

श्रद्धालुहरुलाई रोक्न पाइदैन, धार्मिक सम्वेदनामाथि आक्रमण नगर्न सासद रौनीयारको चेतावनी

      7/17/2018 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

बीरगंज १ साउन । संघीय समाजवादी फोरम नेपालका तर्फबाट पसाृ क्षेत्र नं ३ बाट बिजयी सासद हरिनारायण रौनीयारले पटेर्वा सुगौली गाउपालिकामा रहेको दुग्धेश्वर महादेव मन्दीर भाठामा मेला लगाउन दिनु पर्ने दोह¥याएका छन ।

 


मंगलवार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत उनले यस्तो देह¥याएका हुन । उनले परम्परादेखी चल्दै आएको रित र संस्कृतिको खिलाफ हुने वतावरण नवनाउन उनले सरकारसंग आग्रह गरे ।

 


अन्यत्र पनि जंगल भित्र धर्मका आस्था केन्द्रहरु रहेको र त्याहा श्रद्धालु भक्तजनहरुलाई जान कुनै रोकटोक नरहेको स्पष्ट पारे । रामभोरी भाठामा मानिस वा सवारी साधनको प्रवेश निषेध गरिएको होइन उनले भने “निश्चित शुल्क लिएर जान दिने गरिएकै छ ” । तर वर्षमा दुईपटक श्रद्धालुहरु आफनो आस्था केन्द्रमा जल चढाउन जान्छन जंगली जनावरको बासस्थानलाई प्रतिकुल प्रभाव पार्छ भनेर त्यसलाई रोक्ने काम ठिक नभएको सासंद रौनीयारको भनाई छ । 

 


सासद रौनीयारले आरक्ष पछी बनेको, निकुञ्ज त झन भर्खर भएको हो तर मन्दीर आजको हो र ? भन्ने प्रतिप्रश्न गर्दै वर्षौ पहिलादेखी हुदै आएको परम्परालाई निषेध गरेर धार्मिक सम्वेदनामाथि आक्रमण नगर्न समेत उनले सरकारसंग आग्रह गरे । 

 


उनले जंगल  बाहिरको गाउँबाट ७ किलोमिटर भित्र जंगलमा जानु पर्छ जल चढाउन एके दिनमा गएर फर्किन सम्भव नहुने भएकोले गृहमंत्रालय र बनमंत्रालयलाई म बेलैमा सचेत हुन समेत आग्रह गर्दछु । 

 


भिडन्त होस अवस्था बिग्रयोस भन्ने आफूहरुको चाहना नभएको भन्दै सासद रौनीयारले त्यस्तो अवस्था नआओस भन्नकालागि प्रयास गरेको स्पष्ट पारे । 
अन्यत्र बिनारोकटोक यात्रुहरु जान पाउने अनी पर्सा जिल्लामा चाही रोक लगाउनु पर्ने यो पाच्य निर्णय होइन उनले भने जीवजन्तुको वास अस्थानमा दखल पु¥याउने शिकार खेल्न जान लागेको होइन ।

 

आफनो आस्था केन्द्र शंकर भगवानको मन्दीरमा जल चढाउन जान लागेको कुरा हेक्का राख्न सम्बन्धीत सबैलाई अपिल गरे । 


सासद रौनीयारले संघीय संसदको शुन्य समयमा समेत यो बिषय उठाएर सरकारको ध्यानाकर्षण गराएका थिए ।


सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य मन्जुर आलम,प्रदेश योजना आयोगका सदस्य मोहन लाल चौधरी नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.