logo

दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु

      7/19/2018 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको

बीरगंज ३ साउन ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाठामा रहेको दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु भएको छ ।

 

बर्षौदेखि लाग्दै आएको मेला यसपटक स्थानीय प्रशासनले लाग्न नदिने भनेपछि स्थानीय तह, प्रदेशसभा सदस्य तथा संघीय संसदले मेला लाग्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

संघीय संसद हरिनारायण रौनियार लगायत संघीय समाजवादी फोरमबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य र सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप चौरसियाले पत्रकार सम्मेलन नै गरेर चेतावनी दिएका थिए ।

 

त्यस्तै हिजो नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदी र पूर्व सांसद सुरेन्द्र चौधरी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई नै ज्ञापनपत्र बुझाएका थिए । तर, मेलाको विषयमा राष्ट्रिय निकुञ्जसँग भएको छलफलमा मेला लाग्न दिने सहमति भईसकेको अवस्थामा स्थानीय प्रशासनले रोक लगाउन खोजेको भन्दै राजनीतिक दलका नेता, जनप्रतिनिधिहरुले नै जनतामा भ्रम फैलाउने किसिमले राजनीतिकरण गर्न खोजिएको देखिएको छ ।

 

मेला लगाउने सम्बन्धमा यसअघि नेकपाका नेता बालेश्वर थारु विजय महतो, प्रद्युम्न चौहान र सुरेन्द्र चौधरी सहितको सहभागितामा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत हरिभद्र आचार्यसँग गएर छलफल गर्दा मेला स्थलमा फोहोर मैला व्यवास्थापन गर्ने गरि मेला लगाउने सहमति भएको नेकपाका नेता बालेश्वर थारुले जानकारी दिए  ।

 

उनले प्रमुख संरक्षण अधिकृत आचार्यसँगको छलफलमा मेला लाग्ने स्थान वन्यजन्तुको वासस्थान र चरणक्षेत्र भएकोले धेरै भीड नलगाउने तथा सुरक्षित र व्यवस्थित तरिकाले मेलाको व्यावस्थापन गरि लगाउने सहमति भएको बताए  ।

 

उहाँले सञ्चार माध्यमहरुमा आएको जस्तो मेला नै लाग्न नदिने, रोक लगाउने कुरा स्थानीय प्रशासनको तर्फबाट कुनै अवरोध नभएको र मन्त्रालय सम्म समन्वय गरेर मेला व्यवास्थापन गरिने गरि मेला लागाउने विषयमा पर्सा राष्ट्रिय निकुञ्ज सहमत भएको थारुले बताए  ।

 

उनले  मेलाको विषयलाई लिएर राजनीतिक दलहरुले राजनीतिकरण गर्न खोजेको प्रति चिन्ता व्यक्त गरे । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले पनि मेला लाग्ने विषयमा स्थानीय प्रशासनले रोक नलगाएको स्पष्ट पारे । उनले भने भने, “हाम्रो मुख्य सरोकार भनेको शान्ति सुरक्षा हो,  मानवीय र वन्यजन्तु दुवैलाई हानी नहोस भन्ने हो । मेला लाग्न दिने नदिने कुरा निकुञ्जको क्षेत्राधिकारभित्र पर्छ ।” यस विषयमा मैले केही भन्न मिल्दैन, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.