logo

आफनै सरकारका बिरुद्ध उत्रिए सांसद यादव

      1/11/2019 गते 00 00 मा प्रकाशित     1032   पटक पढिएको

बीरगंज २७ पुस ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन पर्साको २१ औ स्थापना दिवसको अवसरमा  वीरगंजमा जिल्ला स्तरीय क्रिक्रेट प्रतियोगिता शुरु भएको छ ।

 

 प्रतियोगिताको  उदघाटन प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गरे । उनले  निजी विद्यालयको अस्तित्व समाप्त पार्ने खेलमा वर्तमान सरकार लागेको र त्यसलाई सफल हुन नदिने चेतावनी दिए । 


सांसद यादवले देशको गुणस्तरीय शिक्षामा निजी क्षेत्रका विद्यालयहरुको भूमिकालाई विर्सन नमिल्ने बताउदै निजी विद्यालयहरुले पनि गरिव बालबालिकालाई समेत अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।


सांसद यादवले  वीरगंजमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण तथा  केन्द्रिय अस्पताल निर्माणका लागि आफू लडदै आएको बताए ।
निजी विद्यालयलाई सरकारले चौतर्फी रुपमा घेरावन्दी गरेको भन्दै विद्यालयका संचालकहरुले आवाज उठाउन माग गरेका थिए ।

 

एनप्यावसन पर्साका अध्यक्ष रामसुन्दर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनप्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया , उपाध्यक्ष पाण्डव हमाल, प्रदेश नम्बर २ का संयोजक नन्दन यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

 


कार्यक्रममा शिक्षा र समाजीक  क्षेत्रमा पर्सा जिल्लामा उल्लेखनिय योगदान दिएको भन्दै रेडियो वीरगंजका समाचार प्रमुख ध्रुब अधिकारीलाई सांसद यादवले सम्मान गरेका थिए। 


स्थापना दिवसको अवसरमा आयोजित क्रिक्रेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा जिएचपि मावीले  ओसिस माविलाई पराजित गरेको छ । निर्धारित १५ ओभरको खेलमा ७६ रन बनाएको ओसिसलाई ९ ओभरमै जिएचपीले जित हासिल गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.