बीरगंज २९ पुष । नेपाल पत्रकार महासंघ पर्साको २३ औं सधारण सभा आज सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न सम्मेलनमा वीरगंजका मेयर बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, प्रहरी उपरिक्षक रेवती ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी .लामिछाने, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, प्रेस यूनियनका विजय चौहान, संघीय फोरमका विजय कुशवाहा, वानका आरसी यादव, पत्रकारहरु निरज पिठाकोटे, श्रवण साह लगायतले धारणा राख्नुभएको थियो ।
महासंघ अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यूवराज खड्का र स्वागत भाषण उपाध्यक्ष अनुप तिवारीले गर्नुभएको थियो ।
आजै सम्पन्न बन्द सत्रले संगठानिक प्रतिवेदन आवश्यक सुझावलाई समावेश गर्ने गरी परिमार्जन सहित पास भएको छ भने आर्थिक प्रतिवेदन उपर गम्भिर छलफल चलेपछि समिती निर्माण भएको छ । पूर्वअध्यक्ष शत्रुध्न नेपालको संयोजकत्वमा बनेको समितीमा रितेश त्रिपाठी र ओमप्रकाश खनाल रहनु भएको छ । समितीले आर्थिक प्रतिवेदनमा उठेका कुराहरुलाई आधार बनाएर छानबिन गरी प्रतिवेदन पेश गर्ने बताइन्छ ।
तपाईको प्रतिक्रिया