logo

मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सव, पूर्व मुख्यमंत्री राउतले सन्तोष ब्यक्त गरे

 इसीमाना सम्वाददाता     २०८० भदौ २२ गते ०९: २१ मा प्रकाशित     562   पटक पढिएको

बीरगंज । मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वर्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मंत्री महेश यादवले अध्ययन अध्यापन तथा अनुसन्धानको माध्यमले मधेशको आवश्यकताको आपूर्तीमा बिश्व बिद्यालयले योगदान दिने बिश्वास ब्यक्त गरे ।

 


उनले मधेशको बिश्व बिद्यालय मधेश प्रदेशको स्रोतले मात्र संचालन अप्ठयारो हुने भएकोले संघीय सरकार बैदीशीक सहायताकोलागि आवश्यक पहल गरिनु पर्नेमा जोड दिए ।


कार्यक्रमलाई समबोधन गर्दै मधेश बिश्वबिद्यालयका स्वप्नद्रष्टा मधेश प्रदेशका निर्वतमान मुख्यमत्री लालबाबु राउतले अहिले मधेश बिश्वबिद्यालयले सबै क्षेत्रबाट प्रशंसा पाएको देख्दा आफूले ठिकै गरेको भन्दै सन्तोष ब्यक्त गरे ।


पूर्वमुख्यमंत्री एवं प्रदेश सभाका सदस्य राउतले मधेशलाई शिक्षाको हव बनाउने आफनो योजना रहेको र त्यसलाई पुरा गर्नकालागि तीनवटा बिश्वबिद्यालयहरु प्रस्तावित गरिएको बताए ।


उनले बिश्वबिद्यालयले यहाको आवश्यकता पुरा गर्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा बिश्वबिद्यालयका उपकुलपती प्रा.डा.दीपक शाक्यले अहिलेको शैक्षीक सत्रबाट बिए एलएलबिको कक्षा सांचालनको तयारी गरेको बताए ।

 

उनले पाँच लाख रुपैयामामा अध्यापन गििरने गरि शुल्क निर्धारण गरेको जानकारी दिए । उनले बिश्वबिद्यालयको भौतीक पूर्वाधार मुख्य बिषय रहेको चर्चा गर्दै बहुदरमाईमा वडा नं २ मा करिब ४० बिगाह जग्गाको ब्यवस्था भएको जानकारी दिए ।

 

त्यसैगरि पोखरिया कट्टी मठमा पनि जमिन पाइएको जानकारी दिए । अव पूर्वाधार निर्माणको काममा ध्यान दिने डा. शाक्यले जानकारी दिए । उनले मधेशको आवश्यकता अनुसारको शैक्षीक पाठ्यक्रमको निर्माण गरेर रोजगारमुलक शिक्षाको रुपमा अगाडि बढाउने बताए ।

 


कार्यक्रममा काठमाण्डौ स्कूल अफ ल का संचालक युवराज संग्रौला, उच्च माध्यामिक शिक्षा परिषदका पूर्व प्रमुख उपेन्द्र कोइराला, मधेश प्रदेशका बन तथा पर्यटन मंत्री रमेश पटेल,सिचाई मंत्री सिगाशन कलवार, प्रदशे सभाका सदस्यहरु श्याम पटेल, प्रमोद जयसवाल कार्यक्रममा बिश्वबिद्यालयका रजिष्ट्रार बिजय यादव बिश्बिद्यालयका डिन मान बहादुर बिश्कर्मा लगायतले सम्बोधन गरेका थिए ।


यसअघि मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा शुक्रवार वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
पर्साको बहुदरामाई नगरपालिकाको वडा नं – २ मा रहेको मता बहुदरामाईको मन्दिरमा वृक्षारोपणसँगै विशेष पूजाका साथ स्वास्थ्य शिविरको आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।


मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको सभापतित्व एवम् मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बहुदरमाई मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिको बोट बिरुवा रोपिनुका साथै स्थानीयहरूको निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


कार्यक्रममा विभिन्न राजनीति दलका नेता अगुवा, व्यवसायी, चिकित्सकलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.