logo

जगरनाथपुर हत्याकाण्डका आरोपीहरु पक्राउ,पैसा दिएर हत्या गराएको खुलासा

 इसीमाना सम्वाददाता     २०८१ असार १९ गते ०८: ०७ मा प्रकाशित     550   पटक पढिएको

बाँयाबाट आरोपीहरुः महादेव महतो ,लक्ष्मण प्रजापती र सन्तोष पंण्डित


वीरगञ्ज ।२३ दिन अगाडि भएको एउटा हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन मार्फत बुधवार सार्वजनीक गरेको छ ।

 

प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी सन्तोष प्रसाद कुम्हार , महादेव महतो नुनिया तथा बारा कलैया ५ बस्ने लक्ष्मण कुमार प्रजापतिलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

२९ जेठमा बारा कलैयाँका रामएकबाल पण्डित कुम्हाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैयाँ बस्दै आएका सुरेश ठाकुरको हत्या भएको थियो । उनीहरुको हत्यामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हत्यामा उनीहरुको संलग्नता अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।


घरमा पुजा गराउने बहानामा बोलाएर दुबै जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण प्रजापति र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको देखिन्छ ।

 

प्रहरीमा लक्ष्मणको बयान छ, ‘सुरुमा बुवाको मृत्यु, त्यसपछि दाइको अढाइ वर्षको छोराको पनि मृत्यु भयो । योसंगै घरमा रहेका गाइवस्तु पनि पर्न थाले, यी सबै घटना हुन थालेपछि मलाइ काकाले जादु टुना गरी मारेको लाग्यो । अनि यही रिसइबीमा मैले पनि काकालाई मार्ने योजना बनाए, त्यसै अनुसार भिनाजुसंग मिलेर हत्या गरे ।’

 

प्रहरीका अनुसार ८ लाखको सुपारी दिएर दुबै जनाको हत्या भएको छ । त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख संतोषले पैसा दिएको प्रहरीले बतायो ।

जगरनाथपुर गाउँपालिकाको ओरिया खोला नजिकैबाट दुबै जनाको शव गाडिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको जानकारी दिएको छ

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.