वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ । हाल महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा सरुवा भएर मन्त्रालय जाने भएपछि उनको ठाउँमा सहसचिव निर्मल ढकाल आउने भएका हुन् ।
प्राप्त जानकारी अनुसार हाल अर्थ मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा आउने भएका छन । यो निर्णयसँगै ढकालले अब वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हाल्ने भएका छन् ।

त्यस्तै, हाल वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका बोहरालाई सहसचिव पदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
ढकाल रा.प. प्रथम श्रेणीका नेपाल प्रशासन सेवाका अधिकृत हुन् । उनी हाल सहसचिव पदमा अर्थ मन्त्रालय वा अन्तर्गत कार्यरत छन् । अब उनलाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
सरुवा भएका बोहरा पनि रा.प. प्रथम श्रेणीका नेपाल प्रशासन सेवाकै अधिकृत हुन् । उनी वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । अब उनलाई सहसचिव पदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
वीरगञ्ज महानगरपालिका पर्सा जिल्लाको मात्र नभई मधेश प्रदेशकै सबैभन्दा ठूलो र व्यस्त महानगरपालिका हो । राजस्व, विकास निर्माण, सरसफाइ, पूर्वाधार र सेवा प्रवाहका हिसाबले यो महानगरपालिका सधैं चर्चामा रहँदै आएको छ ।
यस्तो महत्वपूर्ण महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा ढकाल आउने भएपछि कर्मचारी र सेवाग्राहीले नयाँ नेतृत्वबाट काममा थप गति आउने अपेक्षा गरेका छन् ।
तपाईको प्रतिक्रिया