logo

बीरगंजको शैक्षीक वतावरण तनावपूर्ण ,निकास खोज्न दलहरुको अपिल

 इसीमाना सम्बाददाता      २०८१ भदौ १३ गते १६: ०१ मा प्रकाशित     524   पटक पढिएको

बीरगंज । पर्साका पाँच राजनीतिक दलले बीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रमा डर त्रास र भयको वतावरण बनाएको गम्भिर आरोप लगाएका छन ।

 

पाँचै दलले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन । शैक्षीक क्षेत्रमा यस्तो वतावरण बनाईनुलाई दलहरुले गम्भिर रुपमा लिएको देखिन्छ ।


दरवन्दी मिलानको बिषय शिक्षक महासंघ र महानगरको शिक्षा महाशाखावीच बिवादमा रहेको छ । शिक्षक महासंघले पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा रकम लेनदेनको आधारमा दरबन्दी मिलान गरेको आरोप लगाएको छ ।

 

उता महाशाखा र दरबन्दी मिलानको निर्णय गरेको महानगर शिक्षा समितिले दरबन्दीलाई नियमित प्रक्रिया भन्दै स्वभाविक रुपमा लिन समितिमा रहेका केही सदस्यहरुले अपिल समेत गरेका छन ।
पाँच राजनीतिक दलले यो प्रक्रियालाई “तनावपूर्ण” भनेको छ ।


शिक्षक महासंघ र महानगरवीचको बिवादले शैक्षीक वतावरण नै तनावपूर्ण भएको राजनीतिक दलहरुको ठहरले बीरगंजको शैक्षीक वतावरणको यो तनावपूर्ण अवस्थाको निकास निकै जिम्मेवारीपूर्ण गर्नु पर्ने संकेत गरेको छ ।


शिक्षकहरु त्रासमा बसेर कसरी अध्यापन गराउलान ? शैक्षीक वतवारण नै तनावपूर्ण छ त्यो तनाव कुनै पनि रुपमा प्रकट भयो धने शैक्षीक वतावरण झन कस्तो होला ? राजनीतिक दलले उठाएको यि सवाल पेचिला छन ।


आर्थिक अनियमितता,डर त्रास र तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको बीरगंजको शैक्षीक अवस्थालाई ठिक ठाउमा लग्न दलहरुले आफनो बिज्ञप्ति मार्फत अपिल पनि गरेका छन । उनीहरले समन्वयपूर्ण रुपमा सम्वादका माध्यमले निकास खोज्न अपिल गरेका छन ।


पाँचदलका नेताहरुले शिक्षक महासंघका प्रतिनिधिहरुसंगको छलफल पछि जायज माँगहरु जे छन त्यसलाई पुरा गर्नकालागि महानगरको ध्यानाकर्षण गराउन बिज्ञप्ति जारी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका पर्साका अध्यक्ष हरि पन्तले बताए ।

बिज्ञप्तिमा नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वमभर शर्मा ,नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राम नारायण कुर्मी , जसपाका पर्सा अध्यक्ष राम नरेश यादब ,राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्त , जनमत पार्टी पर्साका सह इन्चार्ज मुकेश द्विवेदीले हस्ताक्षर गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.