logo

झ्याप्लेखोलाको पहिरोमा थप पाँच शव भेटिए,मर्नेको संख्या ३५ पुग्यो

 इसीमाना सम्बाददाता      २०८१ असोज १३ गते १५: १९ मा प्रकाशित     83   पटक पढिएको

काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका वडा नं.९, झ्याप्लेखोलाको पहिरोमा थप ५ शव भेटिएको छ । योसंगै मृतकको संख्या ३५ पुगेको प्रहरीले जनाएको छ ।

 

यी ५ सहित आजै भेटिएका शवको संख्या २१ पुगेको छ। १४ शव र २ वटा गाडी हिजो शनिवार भेटिएका थिए ।

 

आज थप २ बस र २१ शव गरि दिउँसो १ बजेर ५५ मिनेट जाँदासम्म भेटिएका शवको संख्या ३५ पुगेको छ।

 

पछिल्लोपटक भेटिएका ५ शव पुरुषका भएको र गोरखाबाट आउदै गरेको बसका यात्रु भएको प्रहरीले पुष्टि गरेको छ ।

 

आज बिहान गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रोबस सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएका हुन्।


घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ।


भेटिएका शवमध्ये अहिलेसम्म १३ जनाको मात्र परिचय खुलेको छ।

पहिचान खुल्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ की सीता भट्टराई, उनका छोरा दीपेश भट्टराई र दीपिका भट्टराई छन्।


यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

 

त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ।

 

त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौँ पठाइएको छ।
आज निकालिएका शवको पहिचान हुन बाँकी छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाण्डौ ।चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।

समाज

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.