logo

तत्काल राहत र उद्धारकालागि मधेशका सबै जिल्लालाई एक/ एक करोड उपलब्ध गराइने प्रदेश सरकारको निर्णय

 इसीमाना सम्बाददाता      २०८१ असोज १३ गते १७: १९ मा प्रकाशित     488   पटक पढिएको

जनकपुरधाम । तीन दिनको वर्षाका कारण भएको क्षतीमा राहत र उद्धारकालागि मधेश प्रदेश सरकारले हरेक जिल्लालाई एक /एक करोड रुपैया उपलब्ध गराउने भएको छ ।

 

मधेशमा बाढीबाट पूर्वाधारमा भएको क्षतीको पूर्ननिर्माणकालागि भौतीक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम उपलब्ध गराउने मुख्यमंत्री सतिश सिंहले बताएका छन । एक/एक करोड नदी नियन्त्रणमा खर्च गर्न भनिएको छ ।

 

आइतवार बसेको मधेश मन्त्री परिषदको बैठकबाट यस्तो निर्णय भएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताएका छन् ।

 

मुख्यमन्त्री सिंहका अनुसार आईतवारनै मधेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको नेतृत्वमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेशको कुन वडामा कति क्षती भएको छ, वडा स्तरीय क्षतीका विवरण ल्याउन निर्देशन समेत दिइएको छ ।

सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालनी, रौतहटमा बागमति नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिका सहितका पालिकाहरु अति प्रभावित भएको जानकारी गराउदै सुरक्षा निकायसंग समन्वय गरि हाई अर्लट गराएर राहत र उद्धारकालागि निर्देशन दिइुसकिएको मुख्यमंत्री सिंहले जनाए ।

 

मुख्यमंत्री सिंहले राहत र उद्धारकालागि सम्पूर्ण दातृनिकायहरुलाई खुल्ला आह्वान गरेका छन । उनले प्रभावित क्षेत्रमा पुग्न आग्रह समेत गरेका छन । मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदानका लागि पुग्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री सिंहले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.