logo

एफएनसीसीआई मधेशको छैठौ सभा सम्पन्न, उधोग ब्यवसायका बिषयमा भए गम्भिर छलफल

 इसीमाना सम्बाददाता     २०८१ चैत ३ गते १०: १५ मा प्रकाशित     397   पटक पढिएको

सीमरा । नेपाल उधोग बाणिज्य महासंघको मधेश प्रदेशको छैठौ साधारण सभा सीमराको होटेल इच्छामा सम्पन्न भएको छ।


संघका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको सभाको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले उद्घाटन गरेका थिए ।


मन्त्री चौरसियाले उधोग ब्यापार क्षेत्रको समस्या हल गर्न सरकार तयार रहेको बताए । उनले लोकतान्त्रिक ब्यवस्थामा मात्र उधोग ब्यापार फस्टाउने बताउदै सरकार उधोगको क्षेत्रको बिकासका निम्ति सरल कानूनी प्रक्रिया निर्माणमा लागेको बताए ।

 

उनले १५ प्रतिशत धरौटी राखेर मुद्धामा जाने प्रवन्ध गरिउको चर्चा गर्दे त्यसले उधोगी ब्यवसायीलाई राहत मिलेको हुनु पर्ने आफूले बिश्वास लिएको बताए । उनले सीमावर्ती क्षेत्रमा अनौपचारीक ब्यापार बढेको स्वीकार गर्दै करप्रणालीमा सुधारको खाँचो आफूले पनि महशुस गरेको बताए । 


नेकपा एमालेका पोलिट ब्यूरो सदसय एवं संघीय सासद अच्यूत मैनालीले मुलुकको आर्थिक अवस्था सुस्त रहेको अवस्थामा चर्चा गर्दै   त्यसमा सुधार ल्याउन सबैकावीच सहकार्यको आवश्यकता रहेको बताए । उनले नीजि क्षेत्रले अधिकारको कुरा गरिरहदा आफनो दायित्वलाई पनि स्मरण गर्न आवश्यक रहेको बताए ।

 
मधेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मुलुक भित्र लगानीको वतावरण नरहेको बताए । उनले राजनीतिमा बेइमानीमात्र भएकोले पनि समस्याले निकास नपाएको ठोकुवा गरे उनले भने “सबै नीतिको मुल नीति राजनीति हो त्यही इमान्दार हुन सकेको छैन त्यसैले जताततै समस्या नै समस्या छ” । 


कार्यक्रममा बीरगंज भन्सारका प्रमुख प्रशासक दीपक लामिछानेले ब्यापारीलाई समस्या र अप्ठयारो नपार्ने भंसार कार्यालयको नीति रहेको बताए ।

उनले हरेक क्षण ब्यापारमा सहजता ल्याउनकालागि कार्यालय प्रतिवद्ध रहेको बताए । उनले भन्सारले कतै कुनै ब्यापारीको फर्महरुमा छापा मार्नु नपरोस भन्ने चाहेको बताए ।

उनले अबैध ब्यापारले बैध ब्यापार गर्नेहरु ब्यवसायीहरुलाई समस्या परेको चार्चँ गर्दै ब्यापारमा पारदर्शीताको खाँचा रहेको बताए । 

May be an image of 11 people and hospital

कार्यक्रममा नेपाल उधोग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैध , डा. सुवोध गुप्ता ,अमरेश बैदवार ,बाराका प्रमुख जिल्ला अधिकार बसन्त अधिकारी न,नेपाल उधोग बाणिज्य महासंघ मधेशका पूर्व अध्यक्ष गणेश लाठ लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।  

कार्यक्रमको संचालन अनुप अग्रवालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै अध्यक्ष अशोक टेमानीले उधोरो असुलीको कानूनको आवश्यकताको चर्चा गर्दै कानून ल्याउन सरकारसंग माँग गरे । उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काउन नीतिगत सुधारमा सरकारको ध्यानाकर्षण गराए ।

May be an image of 5 people, people smiling and table

उनले मधेश आन्दोलनको इपिसेन्टर बनेको बीरगंजले राजनीतिक अधिकार त पायो तर आर्थिक र समामाजिक क्षेत्रले अहिले सम्म उपेक्षा मात्र सहिरहनु परेको दुखेसो पोखे । 


कार्यक्रममा महासंघले मधेशबाट नेपाल पत्रकार महासंघको केन्द्रमा र जिल्लामा निर्वाचित अध्यक्षहरु सम्मान गरेको थियो ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, जिल्ला अध्यक्षहरु पर्साका ओम प्रकाश खनाल, बाराका रमेश सुवेदी, रौतहटका संजय कार्की र धनुषाका पुरन साहलाई सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.