logo

मतपेटीका शिलबन्दी नम्बरको विवादका  कारण ठाकुरराममा मतगणना रोकियो

 इसीमाना सम्वाददाता     २०८१ चैत ७ गते १७: २४ मा प्रकाशित     1230   पटक पढिएको

वीरगन्ज । मतपेटीकामा भएको सिल नम्बर नमिले पछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । 


निर्वाचन आयोगले मतपेटीका सिल गरेर निर्वाचन आयोगले उम्मेदवारका प्रतिनिधिलाई उपलब्ध गराएको नम्बर एक आपसमा मेल नखाएपछि बिवाद भएर मतगणना रोकिएको हो ।


त्यही नम्बर बिहीबार दिउँसो मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि भएको विवादका कारण मतगणना अवरुद्ध भएको हो । 


स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

मतपेटिकामा  शिलबन्दी गर्दा लेखिएको नम्बर र उम्मेदवारका प्रतिनिधिले प्राप्पत गरेको नम्बर भिडाउन निर्वाचन आयोगले उम्मेदवार प्रतिनिधिलाई देखाउन आग्रह गर्दा उनीहरुले नदेखाएको निर्वाचन आयोग सम्वद्ध स्रोतले जनाएको छ  मतपेटिका शिलबन्दी छ ।  

सीसी क्यामराको निगरानीमा सबै कुरा छ मतपेटिका पनि लक छ उम्मेदवार प्रतिनिधिले आफूसं भएको नम्बर भिडान गर्दा समस्याको हल निस्कने स्रोतको दावी छ ।


निर्वाचन आयोगले अहिले यथास्थितिमा मुलुक्का उठाएर मतगणना स्थगन गरेको छ । बिद्यार्थी संगठनहरु सहमतीमा आउने बित्तिकै मतगणना पूनः सूचारु हुने निर्वाचन आयोगले जनाएको छ ।

 

निर्वाचन आयोगले शिलबन्दी नम्बरमा आएको बिवादलाई सामान्य प्राविधिक त्रुटि भनेको छ । उम्मेदवारका प्रतिनिधिले आफूले प्राप्त गरेको नम्बर मतपेटिकामा शिलबन्दीका बखत राखिएको नमबर भिडान गर्दा समस्याको हल निस्कन सक्ने स्रोतले जनाएको छ । 

 

तर बिद्यार्थी सघ संगठनले  सिलबन्दी नम्बर नै फरक परेको भन्दै  मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरू समेत सम्मिलित भई ले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा राजकुमार यादव अग्रस्थानमा छन् । उनले ४ सय २० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन भने सुधिर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.