logo

ओम बिनायकको ५० वर्षे यत्रा,तेश्रो पुस्ताका पौडेल सम्मानीत, सुबिधा सम्पन्न दुई बसको शुभारम्भ

 इसीमाना सम्वाददाता     २०८१ चैत २९ गते १८: २७ मा प्रकाशित     860   पटक पढिएको

वीरगंज । सिप्रदी ट्रेडिङ प्रा.ली.ले बस ब्यवसाय संचालन गर्ने ओम बिनायक ट्रभल्सका संचालक अच्यूत पौडेललाई एक भब्य कार्यक्रमवीच सम्मान गरेको छ । 


वीरगंजको बहुवरी स्थित कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रा.ली.का तर्फबाट सहायक महाप्रवन्धक कृष्ण चन्दले संचालक पौडेललाई सम्मान गरेका हुन ।


सिप्रदी संगको सहयात्राको ५० वर्ष पुगेको अवसरमा सिप्रदीले ओम बिनायक ट्रभाल्सका संचालक पौडेललाई सम्मान गरको हो ।8808d289-5ac2-45d5-a6ef-dfc845c8b3f7-750x430.jpeg 

सहकार्यको ५० वर्षका अवसरमा सिप्रदीले गरेको  सम्मानलाई पौडेलले उत्साहवर्धक रहेको बताएका छन ।

सम्मानले हौसला थपेको र आफूले गर्दै आएको पेशागत कर्मलाई , यो कर्ममा साथ दिने चालक कर्मचारी सहयोगी सबै सम्मनीत भएको अनुभूती भएको उनको टिप्पणी छ ।

शुरुवात देखिनै ट्राभल्सले टाटा मोटरसलाई विश्वास गरि निरन्तर सहकार्य गरेको भन्दै टाटा कम्पनीले पौडेललाई सम्मान गरेको सिप्रदीका  प्रबन्धक ईन्द्रमणी पोखरेलले बताए । 

५० वर्षे यात्राउत्सवकै क्रममा २ नया बस 

यात्रुको सुविधालाई सम्मान गर्दै बस संचालनको ५० वर्ष पुगेको अवसरमा ओम बिनायक बस सेवाले थप दुईवटा संचालनमा ल्याएको छ । 

03-1744357772.jpeg
नयाँ संचालनमा ल्याएकाबसहरु अत्याधुनिक सेवा सुविधा सम्पन्न छन । तर यात्रु भाडामा कुनै बढोत्तरी नभएको संचालक पौडेलले बताए ।

ओम बिनायकले प्रति यात्रु १ हजार २ सय रुपैया भाडा लिदै् आएको छ । नयाँ बसमा ३५ सिट क्षमता  २ बाई २ मोटराईज सिट, युएसवी चार्जर, सिट बेल्ट, रिडिगं लाईट, कप होल्डर, आमरेष्ट, प्लेन जस्तै समान राख्ने डिकि, सेन्ट्रलाईज एसी, एलईडी लगायतको सुबिधा  जडान गरिएको इन्जिनियर बिकेश साहले बताए  ।

   टाटा कम्पनीको एलपिओ १५१५र५५ बिएस४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न हुन । वीरगंज बहुअरी स्थित सिप्रदी प्रा।लिमा एक बिशेष समारोहका बिच ५० वटा व्यालुन उडाएर बसको शुभारम्भ गरिएको थियो । 

यातयात ब्यवसायमा तीन पुस्ता

बि.स. २०३१ सालमा पौडेलका हजुरवुवाले भारतको पञ्जाब प्रान्तको जलन्धरबाट बस किनेर पहिलो पटक बस व्यवसायमा  हात हालेका थिए ।

हजुरवुवा पछि पिता अशोक पौडेलले त्यसलाई निरन्तरता दिनु भयो र अहिले त्यो जिम्मेवारी पत्रकार समेत रहेका अच्यूत पौडेलले निर्वाह गरिरहेका छन । 


ट्रक ब्यवसायलाई पनि जोडने हो भने पौडेल परिवार बिगत ६८ वर्ष देखी यो सेवामा क्रियाशिल छ । यात्रुवाहक सेवाको भने ५० वर्ष भएको छ ।

यो पचास वर्षमा अनेको हण्डर ठक्कर आरोह अवरोहपूर्ण यात्रा भयो । बिभिन्न परिवेश आन्दोलन बन्द सशस्त्र हिंसा , कोभिड , जनक्रान्ति जस्ता अवस्थाहरुले मुलुक प्रभावित हुदा बस सेवा प्रभावित नहुने कुरा थिएन तर पौडेल परिवारले आफनो भविष्य जति प्रभावित भएपनि बस सेवामै खोजी रहयो । पौडेल सम्झिन्छन “सकियो भन्ने नभएको होइन ढलेकै हो तर धुलो टकट्क्याएर उठेयौं ” ।

आज सम्झिदा उनी निष्कर्ष निकाल्छन “इमान र निष्ठाका साथ काम गर्दा सबैको साथा मिल्दो रहेछ अनी उठ्न त के बेर लाग्ने हो र ” ।

उनले भने बस सेवा नै हो “बस सबका बसका बात नही है” । जम्मा जम्मी उनले बुझेको पनि यही हो । आज उनी आफना चालक सहकर्मीहरुलाई भन्छन तिमी चालक हौ तिम्रो सन्तान पनि चालहुनु पर्छ भन्ने सोचाई नराख्नु ।

 सन्तानलाई राम्रो शिक्षा दिक्षा दिनु पर्छ त्यसकोलागि म छु । यतीको ढाडस दिने संचालक बिरलै पाइन्छन ।


पौडेलले  समाजिक उतरदायित्व अन्र्तगत बिभिन्न समाजिक कार्यमा पीडितको  लागि निशुल्क बस सेवा दिदै आएका पौडेलले अति गरिव परिवारको छोरीको विहेमा पनि आर्थिक सहयोग गर्दै आएका छन ।

 पञ्च बर्षियगढीमाई मेलाको लागि पनि दर्शनार्थीहरुकोलागि बिहान निशुल्क बस सेवा संचालन गरेका थिए ।  त्यही भएर त ओम बिनायक सबैको बिश्वासयोग्य बन्न सकेको छ । 

ओम बिनायकको नया बसको औपचारिक शुभारम्भ

वीरगन्ज बहुअरी स्थित सिप्रदी प्रा।लि।मा एक कार्यक्रमको बिच ५० वटा बैलुन उडाएर बसको शुभारम्भ गरिएको थियो ।


बारा क्षेत्र नम्बर १ का सांसद एवं एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, ट्राफिक कार्यालय मधेश प्रदेश पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक भिमकिरण बोगटी, पर्साका एसपी गौतम मिश्र, नायारायण्ी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायत उपस्थित अतिथीले बैलुन उडाएर बसको शुभारम्भ गरेका थिए ।

 

यात्रा आरामदायी र सुखद बनाउने उद्देश्यले बस संचालनमा ल्याइएको पौडेलले जानकारी दिए । प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज समेत रहेका पौडेलले वातावरणमैत्री र आरामदायी बस संचालनमा ल्याएको दाबी गरे ।


कलैया वीरगंज हुदै काठमाडौ र वीरगंज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ओम बिनायकले  टाटा कम्पनीको एलपिओ १५१५र५५ बिएस४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न दुई वटा बस संचाल्नमा ल्याएको हो ।

3-edited-1.jpg?resize=661%2C496&quality=95&strip=all&ssl=1

कार्यक्रममा  बाराका सहायक प्रमु जिल्ला अधिकारी छवीरमण भट्टराई नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,सिप्रदीका सहायक महाप्रबन्धक कृष्णा चन्द लगायतकाले धारणा राखेका थिए ।

 

कार्यक्रममा  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका एसपी गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बारा अध्यक्ष रमेश सुवेदी लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण बाराका संचारकर्मी प्रदिप गौतमले गरेका थिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.