logo

युद्ध, धर्म र मानवता : द्वापर युगदेखि इरान–इजरायल युद्धसम्मको ऐतिहासिक र समकालीन विश्लेषण

 प्रकाश थापा     २०८२ असार १५ गते ११: २१ मा प्रकाशित     1300   पटक पढिएको

 प्राचीन हिन्दू धर्मशास्त्रअनुसार द्वापर युगको अन्त्यमा भएको महाभारत युद्ध केवल सत्ता संघर्षमात्र थिएन, त्यो एक प्रकारले धर्म र अधर्मबीचको अन्तिम टक्कर पनि थियो।

 

यस युद्धको महत्वपूर्ण पक्ष भनेको युद्ध हुनु अगावै नै धर्मगुरु, राजा र राजनीतिज्ञहरूको गोलमेच सम्मेलन द्वारा एउटा युद्ध आचारसंहिता तय गर्नु थियो। 

 

श्रीकृष्णले मध्यस्थता मात्र होइन, युद्धको नैतिक मापदण्ड तय गर्नमा निर्णायक भूमिका खेलेका थिए। श्रीकृष्णकै डिजाइनमा द्वापर युगमा धर्म र अधर्म वीचको र द्वापर सभ्यता र त्यो पापिष्ट युगकोनै अन्त्य गराउनु र ततपश्चात सृष्टिमानै नयाँ युगको शुरुवात गराउनु थियो ।

    • द्वापर युगमा जस्तै आज पनि युद्ध हुनु अघि युद्ध आचारसंहिता बनाइनुपर्छ।

    • संयुक्त राष्ट्रसंघले निष्पक्ष र कडाईका साथ कार्य गर्नुपर्छ।

    • युद्ध रोक्नको लागि नैतिक नेतृत्व आवश्यक छ — जुन आज हराएको छ।

    • आधुनिक विज्ञान र प्रविधिको युगमा पनि यदि मानवता हरायो भने, यो युग “विनाशको युग” बन्न सक्छ।

 हिन्दु धर्म शास्त्र अनुसार आजको युग लाई कलियुग,पनि भनिन्छ। आधुनिक भाषामा र व्यवहारिक रूपमा विज्ञान र प्रविधिको डिजिटल युग पनि भनिन्छ ।

 

 बिज्ञान र प्रबिधिको नबिन युगमा मानव सभ्यताले आफ्नो रुप चौतर्फी फैलाई सक्यो । तर जब इरान र इजरायल जस्ता देश हरु बीच साइबर माध्यम द्वारा युद्धको शंखघोष हुँदै थियो, त्यो पनि संसारकै शक्तिशाली राष्ट्रहरू (जस्तै चीनका सि जिनपिङ, रुसका भ्लादिमिर पुटिन, र अमेरिकाका डोनाल्ड ट्रम्प ) को नाकै अगाडि,के इजरायल इरान युद्ध नगरी नहुनेथ्योर ? धार्मिक हिसाबले यि दुबै राष्ट्र हरु कट्टरनै मानिन्छन ।

 

 इजरायलि यहुदीहरु र इरानी ईस्लामिकहरुको धार्मिक पूर्वज भने उनै अब्राहम नै हुन । तर युगौ युगदेखी रंहदै आएको आन्तरिक मन मुटाव र द्वन्द लाई कहिल्यै पनि र कसैले पनि शान्तिमा परिणंत गराउन सकेन । उनीहरु दुबैको उदेश्य एनकेन प्रकारेण सामरिक युद्ध लड्नुनै थियो र लडि छाडे, शक्ति राष्ट्रहरुले लडाइ छाडे , दुबैतिर उत्तिकै मानवीय र भौतिक क्षती भएको देखिन्छ ।

 

 हुनत शक्तिशाली राष्ट्रहरुले संसारमा द्वन्दको उधोग सन्चालन गरेर सामरिक हाततियारको बिक्रीवितरणबाट आफ्नो आर्थिक उन्नयन भएको संसारलाई देखाएर र बिश्काअन्य मुलुकहरुलाई तर्साउदै आफ्नो साम्राज्यबादी शासन शैली देखाउन पनि शक्ति राष्ट्रहरु उद्धत छन ।

 

 आफ्ना आँणबिक भट्टी हरुमा निर्माण गरिएका सामरिक हातहतियारको बजारिकरणकोलागि अन्तरास्ट्रिय स्तरमै द्वन्दको उधोग सन्चालन भैरहेको छ ।

 

 जांहा अन्तर्द्वन्दको चरम उत्कर्षलाई संयुक्त राष्ट्र संघको मध्यमबाट बाध्यात्मक परिस्थितिको सृजना गराएर दुनिया मान्छे माराएर आफ्नै प्रकृतिको फैसला सुन्न र हेर्न चाहने शक्ति राष्ट्रहरुको मुल उदेश्यसंग नेपाल पनि अछुतो रहन सकेन । इरान इजरायल को त कुरै नगरम ।

 

जाँहा शक्तिशाली राष्ट्र हरुको आंणबिक खेलमैदान बन्यो । फलस्वरुप द्वन्दरत इरान , इजरायलमा स्लामिक राष्ट्र इरानमा प्रजातन्त्र सहितको निक्कै पुरानो र मक्किसकेको राजतन्त्र ब्युंताउने र ईस्लामिक मुलुक इरानमा आफ्नो धर्म र धर्म निरपेक्षता सहितको संविधान बनाइ स्लामिक धार्मिक मुलुक इरान लाई चकनाचुर बनाउन शक्ति राष्ट्रहरु तल्लिन छन जस्को प्रत्यक्ष नेतृत्वदायी भुमिकामा अमेरिका लागि परिरहेको छ ।

 

इजरायल ले इरानीहरुलाई गर्ने शंका इरानीहरुले इजरायली हरुलाइ लगाउने आरोप । यी र यस्ता कुराहरुहरुमा शक्ती राष्ट्रहरुले या संयुक्त राष्ट्रसंघले अगुवाइ गरेर द्वन्द्व निवारण गरिदिएको भए आज दुबै तर्फ यति ठूलो क्षती हुन्थेन होला ।

 

यसबाट भएको मानव क्षतिको बारेमा उनीहरुको मन अलिकतिपनी बिचलित छैन ? ( एउटा अत्यन्तै संबेदनसिल र गंभिर प्रश्न उठ्छ ) कुनैपनी मुलुकमा आजको महाशक्ति राष्ट्रहरूले युद्ध हुनुभन्दा पहिल्यै युद्ध संबन्धी आचारसंहिता किन बनाएनन्? के उनीहरू चाहेर पनि चुप छन्, या नचाहेर हो ? धर्तिमा एकचोटि मानव भएर जन्मिएको ब्यक्तिले आफ्नो पूर्ण आयु सम्म बांच्न पाउने अधिकार बाट बन्चित गराईएको छ । शासकहरु रगतमा परेड खेलिरहेका छन । 

 

आजको युगमा के यहि हो राज्यसंचालनका तौर तरिकाहरु र छिमेकी लाई हेर्ने दृष्टिकोण ? युद्धले ग्रस्त इजरायल इरानी नागरिकहरु भोकभोकै सडकमा तड्पिरहेका छन । अभिभावक बिहिन छन ।

 

 स्टप वार भनिरहेकाछन । के दोष थियो र ती अमुक नागरिकहरुको ? यो दृश्यले कस्को मन नरोला १? जस्को बांच्न लाउन र खान पाउने अधिकार खोसीएको छ ।

 

 पुरै शहर जलेको छ ,गाँऊ बस्ती पुरै उजाड छन । बस्ने बास नभएर शरणार्थी बन्नुपर्ने बाध्यता के यो प्राकृतिक बिपत्ति हो र ? सरासर शासक हरुको अकर्मण्यताका कारण आएको अमानवीय बिपत्ती हो यो ।

 

 पूर्बिय दर्शन अन्तर्गतको महाभारत जस्तो माहाकाब्यमा उल्लेख भए बमोजिम प्राचीन हिन्दु धर्मशास्त्र अन्तर्गत महाभारत युद्ध सुरु हुनु अगावै कुरुक्षेत्रमा युद्धरत दुबै पक्षलाइ राखेर युद्धको नियमहरू तय गरिएका थिए, जस्तैः रथिले रथी संग माहारथीले माहारथी संग । समान हैसियतका हरुका वीच मात्र ।

 

 सूर्यास्तपछि युद्ध बन्द गरिने , निहत्था वा घाइते व्यक्तिमा आक्रमण नगर्ने, एकैपटक धेरै जना मिलेर एकजनालाई नहान्ने, दुबै पक्षका दुत हरुलाई केही नगर्ने स्त्री, बालक, वृद्ध र संन्यासीहरूलाई नछुने । आदि,इत्यादी युद्ध आचारसंहिता युद्धका कानुन हरु बनाइएको पाइन्छ ।

 

 भगवान श्रीकृष्ण,त्यो बेलाको युगनायकको रूपमा, धर्म र नीतिको संरक्षणका निम्ति, युद्धको माध्यमलाई पनि मर्यादित बनाईएको थियो ।

रथिले रथी संग माहारथीले माहारथी संग ।
 समान हैसियतका हरुका वीच मात्र ।
 सूर्यास्तपछि युद्ध बन्द  गरिने ,
 निहत्था वा घाइते व्यक्तिमा आक्रमण नगर्ने,
 एकैपटक धेरै जना मिलेर एकजनालाई नहान्ने,
 दुबै पक्षका दुत हरुलाई केही नगर्ने 
 स्त्री, बालक, वृद्ध र संन्यासीहरूलाई नछुने ।

वर्तमान युगमा जब रुस , युक्रेन , इरान–इजरायल, युद्ध जस्ता द्वन्द्वहरू भैरहेका छन , तब युद्धको पछाडि लुकेको उद्देश्य धेरैजसो धार्मिक कट्टरता र असहिष्णुता, भू राजनीतिक स्वार्थ, सामरिक वर्चस्वको होड्बाजी र मुख्य चै प्राकृतिक स्रोतमाथिको नियन्त्रणनै हो। जस्तै रुसले सन २०१४ मा हालको युक्रेनको क्रीमिया क्षेत्रको (ब्ल्याक सि) आफ्नो नियन्त्रणमा लिनैपर्नी जरुरी थियो नत्र त रुसको दक्षिणी भागमा नेटोको अड्डा जम्ने र युक्रेन को भुमिमाबसेर रुसमाथी नेटोले राजनिती गर्न सक्ने खत्रा थियो ।

 

त्यसकारण रुसले आफ्ना ६० प्रतिशत रुसिभाषी क्रीमिया लाई बेलैमा आफ्नो हात पार्‍यो । उदेश्य राष्ट्रीयताको नाममा प्राकृतिक श्रोत को कब्जा ।

 

 संयुक्त राष्ट्रसंघ जसले विश्व शान्तिको संरक्षक बनेर भगवान् गौतम बुद्धको अहिंसा बादी आन्दोलनको दर्शन र शिक्षा बाट अगुवाई गर्नुकोसट्टा शक्तिशाली राष्ट्र हरुको पिछलग्गु बनेर मानव अधिकार उलंघन भएको प्रत्यक्ष वा परोक्ष साँक्षी बसेर टुलुटुलु हेर्नुको बिकल्प रहेन ।

 

अब आयो बिश्वको समकालीन राजनीतिमा रुसिनेता भ्लादिमिर पुटिन राजकाजको हिसाबले सबै भन्दा सिनियर नेताहुन । उन्लाई १९९९ मै बोरिस यल्तसिनले रसियन प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ,र २६ बर्ष देखी हालसम्म रुसको राजपाठ उनकै हातमा छ ।

 

 संसारलाई मानव अधिकारको पाठ पढाउने अमेरिकाका राष्ट्र प्रमुख ७९ बर्षिय ट्रम्प युद्ध गर्न नपाएर उन्मत्त छन । युद्धकोलागि संसारलाइ उकास्न पछिपर्दैनन ।

 

 हेपिएको देश र त्यो देशका राष्ट्रप्रमुख लाई अझ हेप्छन अघिल्लो महिना रुस युक्रेन बार्ताको सन्दर्भमा युवानेता जेलेन्स्किलाइ अपमान गरे जुन सानो देश भएतापनी ट्रम्पकै समकक्षी थिए ,हेप्नु उन्को सम्राज्यबादी स्वभाव हो। आज आएर यो युगमा द्वापर युगका श्रीकृष्ण जस्ता नैतिकवान नेता खोजेर त पाइन्न तर जजस्ले आफुलाई ब्रह्माण्ड को मालिक सम्झिरहेकाछन उनीहरुको भूमिका अन्यराष्ट्रहरुका जनता हरुकालागि संरक्षक बन्न सकेनन ।

 

 यति सम्मको अन्याए भयो , स्कूल, कलेज बृद्धा आश्रम अस्पताल जस्ता संबेदनशिल ठाँउहरुमा बम बर्साइएको छ । यस्ता दृश्यले मानसपटलमा कस्तो छाप पर्ला संयुक्त राष्ट्र संघ के हेरेर बसिरहेको होला । द्वापर युगका श्रीकृष्ण जस्ता नेताको आवश्यकता रहेको बर्तमान अबस्थामा आजका शक्तिशाली नेता (सिजिन्पिङ, पुटिन, ट्रम्प ) हरूको प्राथमिकता मानवता होइन, आ–आफ्नो देशको स्वार्थ हो।

 

 उनीहरू युद्धको नियन्त्रण गर्न होइन, युद्धलाई कसरी आफ्नो पक्षमा मोड्ने भनेर रणनीति बनाउन व्यस्त देखिन्छन्। त्यसकारण संयुक्त राष्ट्र संघ जस्तो नियामक निकायले आफ्नो पदिय भूमिकालाइ शक्तिशाली राष्ट्रहरुका अगाडि आफ्नो उदेश्य र जिम्मेवारी प्रस्तुत गर्न नसकेर निकम्मा सबित भयो ।

 

यदि मानवीय आपतकालीन अबस्थामा काम गर्न नसक्निभए किन चाहियो संयुक्त राष्ट्र संघ ? कम्तिमा पनि संयुक्त राष्ट्र संघको अगुवाइमा दुई पक्षको वीचमा साइबर युद्ध चल्दै गर्दा एक कदम अघि सरेर युद्ध आचार संहिता ं सार्बजनिक गरिदिएको भए पक्कै पनि केही राहत महसुश हुन्थ्यो ।

 

 शक्तिशालीराष्ट्रहरुको टकरावको कारण अध्यक्षताको नेतृत्व अभावले संयुक्त राष्ट्र संघले युद्ध आचारसंहिता बनाउन सकेन र जस अनुरुप दुई देशवीच युद्ध भै छाड्यो ।

 

 – द्वापरयुगमा श्रीकृष्णले मध्यस्थता गरिदिएका थिए, जसको नैतिक उचाइ , लोभलाग्दो सारा लोकले सुप्रीम कमाण्डर मानेको थियो । – आजको युगमा यस्तो नैतिक चरित्र भएका नेताको अभाव छ। किनकी यो मोडर्न एज हो । सबै नेताहरू हिंस्रक प्रवृतिका ,दलगत, राष्ट्रिय वा व्यक्तिगत स्वार्थबाट ग्रसित छन्।

 

यिनका हृदयमा मानवता देखिन्न ।

 

 – संयुक्त राष्ट्र संघको प्रभावकारी भूमिका निर्वाह गर्ने क्षमता छैन, खासगरी जब सुरक्षा परिषद्का स्थायी सदस्यहरू नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धमा संलग्न भएको पाईयो । अमेरिकाले इजरायल लाई रुसले इरानलाई ।

 

 – शक्तिराष्ट्र हरुको नजरमा युद्ध रोक्नु सत्ताका लागि घाटा हुने काम हो। हथतयार बेच्ने मुलुकहरूकोलागि युद्ध आर्थिक मुनाफा हो।

 

 यसले नै युद्ध रोक्नुपर्ने मनोविज्ञानलाई समेत रोक्दिन्छ। द्वापर युगिन युद्धको मुख्य केन्द्रनै धर्मको रक्षागर्नु थियो ।आज भने राजनीति, धर्म, र प्रविधिको प्रयोग सत्ता र सीमा विस्तारका लागि भइरहेको छ। याहा के सवाल उठ्छ भने युद्ध आचारसंहिता निर्माण गर्न सम्भव थियो या छ ? मलाई लाग्छ ,अवश्य सम्भव थियो ।

 

 तर त्यो नैतिक नेतृत्व, को हिम्मत सिजिन्पिङ्गले लिन सक्नुपर्थ्यो या त पुटिनलाइ समर्थन गर्नुपर्थ्यो । यदि इरान–इजरायल जस्ता सामरिक युद्ध रोक्नुपर्ने हो भने शक्तिशाली राष्ट्रहरूले मिलेर विश्वव्यापी युद्ध नियम बनाउन सक्नुपर्थ्यो ।

 

 सं रा सं को पहलमा नया कानुन को ब्यबस्थागरी सामूहिक दण्डको डण्डा चलाउने हो भने युद्ध र अमानवीय ब्यबहारको अन्त्य हुन सक्थ्यो की ? पूर्बिय दर्शन अन्तरगतको बिशाल महाकाब्य महाभारत युद्धमा पनि न्याय र नीति हुनुपर्छ भन्ने पाठ सिकाईएकोछ, तर आधुनिक यथार्थले त्यो आदर्शलाई हावामा उडाईरहेको छ । इरान–इजरायल युद्धजस्ता घटनाहरूले देखाउँछ कि जबसम्म अन्तर्राष्ट्रिय संस्थाहरू निष्पक्ष, निर्णायक र प्रभावकारी रूपमा प्रस्तुत हुँदैनन्, तबसम्म संसारले युद्धको विभीषिका (अर्थात डरलाग्दो र त्रासदिपुर्ण अवस्था भन्ने बुजिन्छ ) ।

 

भोगिरहनेछ। महाभारतको आचारसंहिताजस्तै आदर्शहरू केवल कागजमा सीमित नहोस् भनेर प्रयास गर्नु आजको आवश्यकता हो। बिना नैतिक नेतृत्व, विज्ञानको युग पनि विनाशको युग बन्ने खतरा दिनदिनै बढ्दो छ। यही कारणले, यो धर्तीमा युद्ध रोक्न सक्ने साँच्चिकै श्रीकृष्णको अझै आवश्यक छ।

मानवीय संवेदना हराएका शासकहरुको आवश्यकता छैन  ।

चाहे जुनसुकै क्षेत्र र भुगोलको किन नहोस ।

 

 लेखक नेकपा  एमाले सर्लाही जिल्ला कमिटीका पुर्व उपसचिव हुन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.