वीरगंज । उच्च अदालत वीरगंज इजलाशका मूख्य न्यायधीश गोकर्ण डाँगीले मिडियाको अभावमा मुलुकमा शान्ति बहाल नहुने बताएका छन ।
क्रियाशिव युवा पत्रकार मंच पर्साको दोश्रो साधारण सभाको वीरगंजमा उद्धघाटन गर्दै उनले यस्तो बताएका हुन । मिडियाको अभावमा न्यायलयको पनि शुद्धिकरण हुन नसक्ने चर्चा गर्दै उनले मिडियाको अभावमा सरकारले आँखा देख्न नसक्ने बताए ।
उनले मिडियाको महत्वका बारेमा चर्चा गर्दै मुलुकमा जव जव परिर्वतन भएको छ मिडियाले नागरिक आवाजको प्रतिनिधित्व गर्दै महत्वपूर्ण योगदान दिएको बताए । उनले यो कुराको पुष्टि ०४६,०६२/०६३ र त्यस पछिका आन्दोललनका बेलामा पनि भएको बताए ।
न्यायधीश डाँगीले मुलुकमा आर्थिक र प्रविधिको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको चर्चा गर्दै आजको पत्रकारिताले बदलिदो युगसंगै आएका चुनौतीलाई सामना गरेर अगाडि बढनु पर्ने बिचार ब्यक्त गरे ।
मन्त्रीपरिषदको चैत १८ गतेको परिपत्रका कारण नेपाली संचार जगतमा उत्पन्न भएको समस्या प्रति चर्चा गर्दै मुख्य न्यायधीश डाँगीले ब्यवस्थापिका,कार्यपालिका र न्यायपालिकालाई आँखा देखाउने दृष्टिकोण दिन सक्ने पत्रकारका माँगलाई सरकारले सम्बोधन गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी.लामिछानेले सरकार संचार क्षेत्रलाई कमजोर बनाएर“सफ्ट कन्ट्रोल ” गर्ने दिशामा अघि बढेको आरोप लगाए ।
सरकारी सूचना र बिज्ञापनमा नियन्त्रण गरेर सरकारले“क्रिटिकल मिडिया” लाई दवावमा राख्न खोजेको आरोप लगाए । उनले सरकारी स्वामित्वमा रहेका संचार माध्यममा नेपाली जनताको पहुच नहुने तथ्यलाई सरकारले बिर्सिएको बताए ।
सरकारी सूचना र बिज्ञापनबाट निजी तथा सामुदायिक संचार संस्थालाई बन्चित गरेर सरकारले सघीय अभ्यासको खील्ली उडाएको बताए ।
उनले पत्रकारसँग कुनै संवैधानिक वा कानुनी शक्ति नभई नागरिकको विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले राज्यका जनविरोधी गतिविधि र दमनविरुद्ध पत्रकारिताले निरन्तर खबरदारी गरिरहनुपर्ने बताए।
उनले सरकारले आफूलाई उदार प्रजातान्त्रिक शक्तिको रुपमा प्रस्ुतत गरेपनि उदारवादी अर्थतन्त्रको सिद्धान्तको खिलाफ हुने गरि आफनो ब्यवहार प्रदर्शन गरिरहेको बताए । उनले सरकारसंग चैत १८ गते पत्र फिर्ता लिन समेत माँग गरे ।
नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले नेपाली संचार जगतले ब्यहोर्नु परेको समस्या हल गर्नकालागि सम्पूर्ण पत्रकार एक हुनु पर्ने बिचार ब्यक्त गरे ।
उनले पेशागत शुद्धतामा पनि ध्यान दिन पत्रकारहरुलाई अपिल गरे । वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतमले मुलुकको आर्थिक सूचक ठिन नभएको र यही पारामा मुलकले राम्रो प्रगती गर्न नसक्ने ठोकुवा गरे ।
उनले नेपाली पत्रकारिता क्षेत्रले लोकतान्त्रिक शासन ब्यवस्थाको सुदृढिकरण र आर्थिक बिकासमा पुर्याएको योगदानको नीजि क्षेत्रले जहिले पनि सम्मान गर्दै आएको बताए ।
उनले अहिले पत्रकारहरुले ब्यहोर्नु परेको आर्थिक संकटबाट पार पाउन उनीहरुले गरेको आन्दोलन प्रति आफनो र संघको एक्यवद्धता रहेको उनले बताए ।
मंचका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश बिश्वबिद्यालयका उपकुलपती प्रा.डा.दीपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,नेपाल उधोग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य डा. सुवोध गुप्ता,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान, प्रेस सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे,समाजवादी प्रेस संगठनका मधेश अध्यक्ष मनोज पटेल, नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष अशोक बैद्य लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा मंचले प्रकाशन गरेकोे स्मारिकाको संयुक्त रुपमा बिमोचन गरिएको थियो ।
मंचले आफनो वार्षिकोत्सवको अवसरमा डा.दीपक शाक्य, के.सी.लामिछाने, श्याम बन्जारा, खड्क बहादुर श्रेष्ठ(गोविन्द प्रताप ) कुवेर चन्द्र गौतम हरि गौतम, नन्द किशोर गोयल, प्रशान्त कुमार साह लगायतलाई सम्मान गरेको थियो ।
मंचले आफना संस्थापक सदस्य स्वा. नरेश सर्राफको छोरीलाई सम्मान पत्र सहित नगद राशी सहयोग गरेको थियो । मंचलाई सहयोग गर्ने समारिकामा लेख रचना उपलब्ध गराउने समाजका बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन महासचिव वीरेन्द्र साह र स्वागत आनन्द पटेलले गरेका थिए ।
तपाईको प्रतिक्रिया