logo

पत्रकारलागि आचार संहिता अनुशिक्षण, पत्रकारितामा गती भन्दा सत्य ठुलो हुने कुरा सदैब हेक्का राख्न संयोजक लामिछानेको आग्रह

 इसीमाना सम्बाददाता     २०८३ जेठ १० गते ०८: २९ मा प्रकाशित     224   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साले न्यू  मिडियामा काम गर्ने संचारकर्मीकालागि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

महासंघको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा  जिल्लाका विभिन्न संचारमाध्यमका नयाँ पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानले पत्रकारहरुलाई आचार संहिताको बारेमा प्रशिक्षण दिएका थिए ।

 

उनले आचार संहिताको अर्थ परिभाष आचार संहिताको ऐतिहासिक बिकासक्रम । नेपालमा पत्रकार आचार संहिताको  बिकासक्रम र अहिलेको अवस्था सम्म आइपुग्दाको समग्र पक्षको बारेमा छलफल चलाएका थिए ।

 

उनले पत्रकार आचार संहिताको महत्वका बारेमा प्रकाश पार्दै पत्रकार आचार संहिता पालना नगर्दा पत्रकारले सामाना गर्नु पर्ने जोखिमका बारेमा प्रकाश पारेका थिए ।

 

उनले समाचार संचार माध्यमलाई बिश्वसनीय संचार माध्यमको रुपमा स्थापित गराउनकालागि पत्रकार आचार संहिता पालनाको बिकल्प नरहेको बताए ।

 

उनले भाइरल हुनुलाई सफलताको रुपमा लिन नहुने चर्चा गर्दै बिश्वसनीय समाचारको प्रक्षेपण गर्नुलाई मात्र सफलता भन्न सकिने बताए । 

 

उनले सामाचारले समाजलाई बिभाजन गर्ने नभई जोडन सक्नु पर्ने बताउदै त्यसकोलागि एउटा पत्रकार असल नागरिक हुन आवश्यक रहेको बताए।  उनले पत्रकारितामा गती भन्दा सत्य ठुलो हुने कुरा सदैब हेक्का राख्नु पर्नेमा जोड दिए ।

 

उनले आचार संहिताको पालनाले संचारमाध्यमको बिश्वसनीयता बढ्ने उसले पसक्ने समाग्रीहरु बिश्वसनीय र तथ्यपूर्ण छन भन्ने स्थापीत हुने, संचार माध्यम र पत्रकारको प्रतिष्ठा बढ्ने, आफैले पनि सन्तुष्टि पाउने, सामाजिक उत्तरदायित्व निर्वहन हुने र  राज्यको हस्तक्षेप हुन नसक्ने अवस्था सृजना हुने भएकोले पत्रकार आचार संहिता पालना आवश्यक रहेको बताए ।

 

पत्रकार आचार संहिताले समाचारको गुणस्रीयता र एकरुपता कायम गर्ने भएकोले पत्रकार आचार संहिता पालना गर्ने कुरामा पत्रकार सजग भइरहनु पर्ने बताए । 

 


उनले पत्रकार आचारसंहिताको व्यवहारिक पक्ष, समाचार सम्पादनमा अपनाउनुपर्ने सावधानी तथा पत्रकारिताका वर्तमान चुनौतीबारे चर्चा गरेका थिए ।

 

लामिछानेले पत्रकारितामा सत्यतथ्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विषयमा समेत प्रशिक्षण दिइएको थियो ।


यस अघि अनुशिक्षण कार्यक्रममो उदघाटन सत्र सम्पन्न भएको थियो ।  महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकारहरूले पेशागत मर्यादा र आचारसंहिताको पालना गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

 

उनले पत्रकारले आफ्नो आचरणप्रति सचेत नभए आलोचना हुने उल्लेख गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे ।

 

साथै सरकारले गरेको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको बताउँदै आन्दोलनका कार्यक्रमहरू सफल बनाउन सबै पत्रकारलाई सहभागी हुन आह्वान समेत गरे ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.