logo

वीरगञ्ज महानगरपालिकाले आफ्ना सम्पूर्ण सेवा बन्द गरि महानगरको साँचो संघीय मामिला तथा सामान्य मन्त्रालयलाई बुझाउने

 इसीमाना सम्वाददाता     २०८३ जेठ ५ गते ०४: २९ मा प्रकाशित     289   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने र महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ।

 

प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बिषयलाई लिएर करिब तीन महिनादेखि जारी विवादका वीच महानगर नेतृत्वले यस्तो निर्णय गरेको हो । 

 

 मन्त्रिपरिषद्ले २०८२ फागुन १२ गते सहसचिव रेशमलाल कँडेल लाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो। तर महानगरको सहमति बिना सरकारले उनलाई पठाएको भन्दै असहमति जनाउँदै आएको थियो।

 

कंडेलको सरुवा भएदेखि नै महानगरप्रमुख राजेमान  सिंहले उनलाई हाजीर नगराउने बताउदै आएका थिए । सोमबार मेयर, उपमेयर र वडाध्यक्षसहित बसेको बैठकले महानगरका सम्पूर्ण सेवा बन्द गर्ने तथा महानगरको साँचो मन्त्रालयलाई बुझाउने निर्णय गरेको हो।

 

उनले कँडेलको स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइएपछि मात्रै नयाँ अधिकारीलाई हाजिर गराइने अडानसमेत दोहोर्‍याए। साथै बुधबार जनप्रतिनिधिको टोली मन्त्रालय पुगेर महानगरको साँचो बुझाउने तयारी गरिएको जानकारी दिए।

 

यसअघि महानगरपालिकाले पनि मन्त्रालयलाई पत्राचार गर्दै कँडेलको सरुवा निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो। तर मन्त्रालयले उक्त आग्रह बेवास्ता गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकार कटौती गरेको थियो।

 

महानगरले कँडेललाई हाजिर हुन नदिएपछि वीरगञ्ज महानगर विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ। यसको प्रत्यक्ष असर महानगरको आर्थिक तथा प्रशासनिक कामकाजमा परेको छ।

 

महानगरका कर्मचारीहरूले ४ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् भने विकास निर्माणका कामसमेत प्रभावित बनेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.