logo

वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार, खोजी तीव्र

 इसीमाना सम्बाददाता     २०८३ कार्तिक २६ गते ०१: २१ मा प्रकाशित     38   पटक पढिएको

 ​वीरगन्ज । वीरगन्ज कारागारबाट सजाय भोगिरहेका एक कैदी पर्खाल नाघेर फरार भएका छन्।

 

।जजबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई कारागारमा सजाय काटिरहेका पर्साको पोखरिया नगरपालिका निवासी सुनिल साह तुराहा फरार भएका हुन्।

 

 ​बिहीबार बिहान कारागारभित्र सरसफाइ गर्ने क्रममा फोहोर फाल्न बाहिर निस्किएका तुराहाले सोही मौका छोपी कारागारको पर्खाल नाघेर भागेको पर्सा प्रहरीले जनाएको छ।

 

 ​विगत करिब ११ वर्षदेखि कारागारमा कैद सजाय भोगिरहेका तुराहा पर्खालबाट हाम फालेर फरार भएको पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लले पुष्टि गरेका छन । ​

 

प्रहरीद्वारा सर्च अभियान तीव्र।

 ​घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले  फरार कैदीको खोजी कार्यलाई तीब्र पारेको छ। ​

 

डीएसपी मल्लका अनुसार फरार तुराहाको खोजीका लागि जिल्लाका सबै नाकाहरूमा कडा सुरक्षा जाँचसहित विभिन्न शंकास्पद स्थानहरूमा प्रहरी परिचालन गरी विशेष सर्च अभियान सुरु गरिएको छ।

 

 कारागारबाट कैदी यसरी फरार हुनुको कारण र अन्य संलगनताकाबारेमा समेत प्रहरीले गम्भीरतापूर्वक थप अनुसन्धान गरिरहेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.