logo

पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/2/2020 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परिक्षणमा उहाँ नजिक रहेका अन्य चारजनामा पनि संक्रमण देखिएको छ । 

 

 महानगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्या चार जना भने वीरगञ्ज–११  र १३ नम्बर वडाका बासिन्दा हुन । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले शनिवार मध्यरातमा  सार्वजनीक गरेको रिपोर्ट अनुसार पर्सामा १४ महिला सहित ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध संक्रमित भएका छन्। पर्साका अन्य पालिकामा घर भए पनि भेटिएका सबै संक्रमित वीरगंजमै बसोबास गर्छन्। 

ड्राइपोर्ट ठेगाना लेखाउने ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १/१ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जानकारी दिएको छ। संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ । 

४५ जनामा बारा, जितपुर सिमरा २३ रामपुरटोकनीमा सञ्चालनमा रहेको म्याग्नस फर्मास्युटिकल्स प्रालिका ५ जना मजदुर छन्। वीरगंजमा थपिएका नयाँ संक्रमितमध्ये ७ जना शुल्क तिरेर परीक्षण गराएका थिए। अहिले वीरगंजमा संकलित नमुनाको २० प्रतिशत जनामा संक्रमण भेटिन थालेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।

बुहारी बलात्कार गर्ने ४१ वर्षिय ससुरा पक्राउ

गोरखा । गोरखामा एक जना ४१ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.