वीरगञ्ज । प्रेस चौतारी नेपालका मधेश प्रदेश सदस्य निरन्जन मिश्र बीरगंज महानगरपालिकाको स्वास्थ्य सल्लाहकारमा नियुक्त भएका छन ।
महानगरपालिकाअन्तर्गत रहेका सरकारी तथा सामुदायिक अस्पताल एवम् स्वास्थ्य संस्थाहरूको सरसफाइ लगायतको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारीसहित मिश्रलाई सोमबार महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा नियुक्त गरेका हुन् ।
मिश्रले स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने अख्तियारी पाएका छ ।
स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा मिश्रले उच्च मनोबलका साथ आफ्नो विज्ञताको उपयोग गरी नगरको विकासमा योगदान दिने मेयर सिंहको विश्वास छ । यसैगरि रोशन कुमार पटेल पनि स्वास्थ्य सल्लाहकारमा नियुक्त भएका छन । दुबै सल्लाहकारले काम गरेबापत महानगरबाट कुनै किसिमको भुक्तानी भने पाउने छैनन् ।
तपाईको प्रतिक्रिया