logo

नर्सहरुको सीप अभिबृद्धिमा मधेश प्रदेश सरकारले ध्यान दिन्छः मंत्री सिंह

 इसीमाना सम्वाददाता     २०८० चैत २३ गते १२: ५६ मा प्रकाशित     848   पटक पढिएको

बीरगंज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री शत्रुघ्न प्रसाद सिंहले मधेशका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत् नर्सहरुको सीप तथा ज्ञान अभिबृद्धिमा सरकारले ध्यान दिने बताएका छन ।


नेपाल मेडिसिटी बयोधा अस्पताल र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौको संयुक्त तत्वधानमा बीरगंजमा शुरु भएको दुई दिने कार्यशालाको उद्धघाटन गर्दै मंत्री सिहले यस्तो बताएका हुन ।

 

मंत्री सिंहले संघीयतालाई कार्यान्वयन गर्दै आम जनसमुदायको हितका लागि उपयोग गर्न स्वास्थ्य सेवा एउटा माध्यम हुने बताए ।
मधेश प्रदेशमा आईसियु सेवा दिईरहेका अस्पतालहरुका करिब ७० जना नर्सहरुलाई सघन उपचार पद्धति, नवीनत् ज्ञान र उपचार मापदण्ड तथा सघन उपचारमा प्रयोग हुने औजार, उपकरणहरुका बारेमा स्किल ल्याबमा तालीम दिईएको नेपाल मेडिसिटी अस्पतालका प्रमुख विजय रिमालले बताए ।


अस्पतालको सभाहलमा आयोजना गरिएको बेसिक फर नर्स कार्यशालाको उद्देश्य अस्पतालहरुको उपचार गुणस्तरलाई अभिबृद्धि गर्दै सघन उपचारका लागि मधेश प्रदेशका सबै अस्पतालहरुलाई सक्षम बनाउनु रहेको रिमालको भनाई छ ।

 

साथै मधेश प्रदेशमा आईसियु विशेषज्ञहरुको अभावलाई न्यून गर्ने प्रयास स्वरुप आफूहरुले निकट भविष्यमा चिकित्सकहरुका लागि १ वर्षे फेलोसिप कार्यक्रम बीरगंजमै शुरु गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।


कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष तथा क्रिटिकल केयर विभाग, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुभास आचार्यले आफूहरुले मधेश प्रदेशको अस्पतालहरुको आईसियु सेवाको गुणस्तर र क्षमतालाई अभिवृद्धि गर्न सहयोग गर्ने बताए ।


क्रिटिकल केयर नर्सिङ्ग एसोसियन अफ नेपालकी भाईस प्रेसिडेण्ट कविता सिटौला,नेकपा एमालेका नेता विचारी यादव, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादव, पत्रकार चन्द्रकिशोर झा, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष, राम नारायण कुर्मी, परवानीपुर गाउंपालिकाका प्रमुख राम क्षेत्री कुर्मी, वीरगंज महानगरपालिका वडा नं.२३ अध्यक्ष अवध किशोर कुशवाहा, वडा नं २० का अध्यक्ष राम किशोर सिंह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।


विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतका विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गरिएको उक्त कार्यशाला तालीम ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले संचालन गर्नु गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.