logo

प्रभू हस्पिटलको चौंथो वार्षिकोत्सव,१ सय ६३ जनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० असोज २० गते ०८: ३२ मा प्रकाशित     1128   पटक पढिएको

वीरगंज । वीरगंजको प्रभु हस्पिटलले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर वीरगंज स्थित कारागारमा रक्तदान कार्यक्रम एवं महिला कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको सम्पन्न गरेको छ।

डेङ्गु रोगको संक्रमण बढ्दै गएको अवस्थामा वीरगंज स्थित रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका प्रमुख डा. मनोज गुप्ताले बताए ।

जेलका कैदीबन्दीहरू, सशस्त्र प्रहरीलगायत १ सय ६३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ६६ जना महिला कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगंज कारागार प्रमुख फणीन्द्र दाहाल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, डा. लक्ष्मी थापा, डा. मनोज गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, पत्रकार शंकर आचार्य, कार्यक्रम संयोजक दिलिप राज कार्की, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेलगायतको उपस्थिति रहेको थियो।

प्रभू हस्पिटलका स्वास्थ्यकर्मी र चिकित्सकहरूद्वारा कारागारका महिला कैदी बन्दीहरूको स्वास्थ्य परीक्षणपछि भिटामिन तथा आइरन चक्की लगायतका औषधिहरू समेत वितरण गरिएको दिलिप राज कार्कीले जानकारी दिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.