कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टा पछि वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।
वीरगन्ज हेल्थ केयरमा बनाइएको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट गएराति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको गएराति मृत्यु भएको हो ।
उहाँको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडा पखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई उपचारको लागि अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए ।
कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उहाँलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले उनलाई वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज भ।एपछि नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।
उपचारकै क्रममा गएराति साढे ११ बजे उहाँको मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले जनाएका छन् । प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमै शंका उत्पन्न भएको छ ।
मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् । मृतकको शव नारायणी बयोधा अस्पतालमै राखिएको छ । उहाँको एक छोरामा पनि कोरोना संक्रमण देखिएपछि अहिले उनी होटल रानीपोखरीमा बनाईएको सामुदायिक आईशोलेसनमा उपचाररत छन् ।
उहाँको श्रीमती र अर्को छोराका पनि स्वाब परीक्षणका लागि लिईएकोले घरमै क्वारेन्टिनमा रहेकोले अस्पतालमा जान पाएका छैनन् । साउन १७ गते स्वाब दिएका उनको नारायणी अस्तालको प्रयोगशाला गरिएको परीक्षणमा साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया