logo

विपद् ब्यवस्थापनमा स्थानीय सरकार उदासिन भएको भन्दै सरोकारवालद्वारा चिन्ता ब्यक्त

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०४: ५९ मा प्रकाशित     484   पटक पढिएको

वीरगञ्ज । स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको निष्कर्ष निकालिएको छ ।

२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बीरगंजमा आयोजित अन्तरसंवाद कार्यक्रममा  यस्तो निष्कर्ष निकालिएको हो । 


विपद जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भूमिका प्रभावकारी नदेखिएको सहभागी सरोकारवालाहरुले जनाएका छन ।


पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले बिपद ब्यवस्थापनको बिषयले प्रमुखता नपाएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

कार्यक्रममा भवन निर्माणकालागि बनाइएको मापदण्डको पालना नभएको भन्दै सस्तो लागतमा घर बनाउदा भुकम्पको उच्च जोखिममा परेको परिएको भन्दै चिन्ता ब्यक्त गरिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले बिपदबाट बच्नकालागि आवश्यक पूर्व तयारीमा सबै निकायहरु समन्वय कायम गर्दै एक हुनु पर्नेमा जोड दिए ।  

 सहभागीहरुले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सावधानी, रातह उद्दारमा स्थानीय तहको सरकारले देखाउनुपर्ने सक्रियता कम हुँदा जनधनको क्षति हुने गरेको बताए ।


विपद आउने समयमा पनि सावधानी नपाउने नेपाली समाजको प्रवृत्ति रहेको बताउदै  राहत उद्दारका लागि पनि कानूनी झमेला बढी रहेको सहभागीहरुको भनाई थियो ।

भौगोलिक कठिनाई, नागरिकको चेतनामा कमी तथा अन्य विविध कारणले पनि विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापनमा चुनौतीहरु हुने गरेको सहभागीले  बताए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.