वीरगन्ज । सखुवा प्रसौनीको कल्याणपुर कर्वोला सडक खण्डमा सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा परेर एक जनाको ज्यान गएको छ ।
खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ।अर्का एक युवक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ जमुनियाका २३ वर्षीय सुदर्शन चौधरी रहेका छन् ।
मंगलबार राति ९ बजे पथरैया बाट पचगावातर्फ आउने क्रममा ना २८ प ३८१९ नम्बरको एफजेड मोटरसाइकल खस्दा चौधरी घाइते भएका थिए उनको उपचारको क्रममा वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ।
घटना बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
तपाईको प्रतिक्रिया