logo

लायन्स क्लब ईन्टरनेशनलका संस्थापक जोन्सको  जन्मजयन्तीका अवसरमा कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ पौष २९ गते ०८: ५६ मा प्रकाशित     343   पटक पढिएको

वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा सोमवार वीरगंज एरियामा रहेका लायन्स क्लबहरुले मेल्भिन जोन्स डे मनाएका छन् ।


मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंजले आयोजना गरेको जन्म दिवस कार्यक्रम लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल गुप्ताले गर्नु भएको थियो ।


कार्यक्रमलाई लायन्स क्लब इन्टरनेशनलका मल्टिपल डिष्ट्रिक्ट कोर्डिनेटर लायन डा। रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर. पी. खेतानले सम्बोधनगरेका थिए ।


कार्यक्रममा स्वागत मन्तव्य डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवले गरेकी थिइन भने  कार्यक्रमको औचित्यबारे एरिया चिफ कोर्डिनेटर लायन श्याम गुप्ताले प्रकाश पारेका थिए।


सोही अवसरमा लायन्सका संस्थापक मेल्भिन जोन्सको जीवनी र योगदान बारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा विभिन्न लायन्स क्लब र लिडरहरुलाई पिन तथा अवार्डबाट सम्मानित गरिएको थियो ।


कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन संदिप केडिया, लायन बासु तिमिल्सिना, लायन अनुज रूङ्गटा, डिष्ट्रिक्ट को चिफ एडभाइजर लायन मनोहर टिबडेवाल, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, लायन विजय गुप्ता, लायन उमेश शर्मा, एरिया ट्रेजर लायन बिनित जैसवाल, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन सन्दिप साह कानु, डिष्ट्रिक्ट कोर्डिनेटर लायन किरण अग्रवाल, लायन मिनादेवी टिबडेवाल, लायन भानुभक्त अधिकारी, लायन लक्ष्मी थापा, लायन सुशिला साह, लायन देबयन्ती साह, लायन कविता खड्का, लायन रोशन गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


सोही अवसरमा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा केक काटेर सप्ताह ब्यापी कार्यक्रम समापन गरिएको थियोे ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्जका दिलीपकुमार पण्डितले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.