logo

रौतहटको राजपुरमा हैजाको प्रकोप , चिकित्सकको टोली परिचालनको तयारी

 इसीमाना सम्बाददाता      २०८१ असोज ४ गते १४: ४२ मा प्रकाशित     92   पटक पढिएको

रौतहट, ४ असोज । रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप फैलिएको आशंका गरिएको छ । प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाटस्याम्पल परिक्षण गर्दा ६ जनाको स्याम्पलमा पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

 

राजपुर नगरपालिकाको स्वास्थ्य संयोजक खुर्शेद आलमले आरडिटी प्रविधिको परिक्षण बिश्वासयोग्य नहुने भएकोले स्याम्पलको कल्चर गराउनका लागि जनकपुरधाम पठाउने तयारी भईरहेको बताए ।

राजपुर नगरपालिका वडा नम्वर ३ र ४ मा एक्कासी बिरामी बढेपछि हैजाको आशंका गरिएको हो । झाडापाखालाबाट ग्रसित भएर विहिवार र शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा २२ जना बिरामी उपचार गराउन आएका थिए ।


त्यमध्यकै सातजना बिरामीको स्याम्पल परिक्षणकालागि प्रादेशीक अस्पताल गौर पठाइएको थियो ।

 

अहिले पनि प्राथामिक स्वास्थ्य केन्द्र राजपुरमा १० महिला,७ वालवालिका र एक जना पुरुष गरि१८ जनालाई भर्ना गरेर उपचार गरिएको छ ।

 

बिरामीहरुको पानी उपभोगको स्रोत चापाकल, र ओभरकेड टंयाकीको पानी हो । चापाकल र ओभरहेड पानी पिउदा समेत हैजाको प्रकोप देखिनु अनुसन्धानको बिषय बनेको छ ।

 

अहिले नै हैंजा भएको भन्न नमिल्ने तर संकेत देखा परेको आरडिटी टेष्टबाट पुष्टी भएको स्वास्थ्य संयोजक आलमले बताए ।

 

यो घटना सार्वजनीक भए लगत्तै डब्लयूएचओका तर्फबाट एक जना चिकित्सकको नेतृत्वमा बिहिवार एउटा टोली राजपुरमा परिचालन भएको राजपुरका सूचना अधिकारी बैजु ठाकुरले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.