logo

नारायणी अस्पतालमा क्यान्सरको उपचार हुने ,अंकलोजी वार्डको मंत्री पौडेलले गरे उद्धघाटन

 इसीमाना सम्वाददाता     २०८१ भदौ १८ गते ०५: ४१ मा प्रकाशित     235   पटक पढिएको

वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीरगंजको नारायणी अस्पतालमा क्यान्सर वार्डको उद्धघाटन गरेका छन । उद्धघाटन संगै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएको छ ।

वाको उद्धघाटन गर्दै मंत्री पौडेलले देशका सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्ने क्रममा नारायणी अस्पतालमा पनि सुरु भएको जानकारी दिए ।


उनले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएकोमा सेवा प्रवाह बारे नागरिकले थाहा पाउने गरि समाचार प्रशारण ,प्रकाशन गरिदिन उनले संचारकर्मीलाई आग्रह गरे ।

 

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरे अनुसार कोशी अस्पताल बिराटनगर र मधेस प्रदेशको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नियमित क्यान्सर उपचारसेवालाई शुरु गरेको हो ।

कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग, जनशक्ति व्यवस्थापन, र भौतिक पूर्वाधारको विकासबारे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 

सम्झौताअनुसार भक्तपुर क्यान्सर अस्पतालले आवश्यक जनशक्ति, विशेषज्ञ तालिम, र प्राविधिक सहयोग प्रदान गर्नेछ भने नारायणी अस्पतालले भौतिक पूर्वाधार र उपकरणहरूको व्यवस्थापन गर्नेछ ।

मन्त्री पौडेलले अंगप्रत्यारोपण र मुटुको हर्ट सर्जरीको पनि सातै प्रदेशमा विस्तार गर्ने तयारी गरिरहेका बताए ।

सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा कम भएपनि आशा र अपेक्षा धेरै भएकोले बिरामीको सेवामा कुनैपनि कमी हुन नदिन उनले स्वास्थ्य कर्मचारीसंग आग्रह गरे ।


नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैयाको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर एनामुल हकले जानकारी दिए ।

 

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्जवल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छ ।

नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस्, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको छ ।

 

नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा मापन शाखा प्रमुख डाक्टर मदन कुमार उपाध्याय, वीरगञ्ज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

आर्मीलाई  २८ रनले पराजीत गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौँ ।   जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जीतेको छ ।

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १ सय ४६ औं जन्म दिवसको अवसरमा साताब्यापी कार्यक्रम संचालन भइरहेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.