किर्गिजस्तान, १६ वैशाख । दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विवाद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
पहिरो शनिबार राति ९१२ः४० बजे० गएको र सात घरहरु पुगेको र छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ । अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको अपुष्ट खबर छ ।
पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्रीलाई घटनास्थलमा पुगी उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ ।
शनिबार दिउँसोसम्म घटनास्थलमा १०० सेनासहित २५० उद्धारकर्मी पुगी उद्धार कार्यमा जुटेका बताइएको छ ।
उद्धारकर्मीले पहिरो गएको स्थान वरपर रहेका र जोखिममा रहेका ४० घरका बासिन्दालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।
तपाईको प्रतिक्रिया